-->
यो हप्ता सुनचाँदीको भाउ घट्यो

काठमाडौं जेठ ७ – सुनचाँदीको भाउ यो हप्ता घटेको छ । हप्ताको पहिलो दिन तोलाको ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ समग्रमा ३ सय रुपैयाँले घटेर अन्तिम दिन शुक्रबार आज ५६ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको पहिलो दिन आइतबार एक सय रुपैयाँ बढेर तोलाको ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबारसम्म स्थिर थियो । त्यसमा हिजो ३ सय रुपैयाँले घटेकोमा आजपनि स्थिर रहँदै तोलाको ५६ हजार रुपैयाँमा किनबेच भैरहेको हो ।

चाँदी पनि यो हप्ता ५ रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन ७ सय ८५ रुपैयाँमा किनबेच भएको चाँदी अन्तिम दिन आज तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.