कर्मचारीहरुले न्यूनतम तलवमान २५ हजार रुपैयाँ कायम गर्न माग गरेका छन् । बैंक, विमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल राष्ट्रिय समिति, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समिति र नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय संस्था राष्ट्रिय समितिले अर्थमन्त्री विष्णु पौडेललाई १५ बुँदे मागपत्र बुझाउँदै महंगीको अनुपातमा तलव भत्ता बढाउन माग गरेका हुन् । कर छुटको सीमा वृद्धि गरी कम्तिमा पाँच लाख बनाउनुका साथै सामाजिक न्यायका आधारमा आयकरको सीमा निर्धारण गर्न पनि कर्मचारीहरुले अर्थमन्त्रीलाई सुझाव दिएका छन् । अवकाश प्राप्त कर्मचारीले पाउने संजयकोष, उपदान, निवृतिभरण, औषधिउपचार, विमा, कर्मचारी कल्याणकोष लगायत रकममा सामाजिक सुरक्षाको अवधारणा विपरित कर लगाइएकाले उक्त कर कट्टी गर्ने व्यवस्था खारेज गर्न समेत माग गरिएको बैंक, विमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए । कामदार, कर्मचारीहरुबाट संकलित १ प्रतिशत सामाजिक सुरक्षा कर र कल्याणकारी कोषमा जम्मा भएको रकमबाट श्रमिक र उनीहरुको परिवारको लागि आधारभूत शिक्षा र स्वास्थ्य सम्बन्धि कल्याणकारी कार्यक्रमहरु संचालनमा ल्याउन समेत अर्थमन्त्रीलाई सुझाव दिइएको छ । यस्तै जीवन विमाको वोनस रकममा हाल लाग्ने गरेको पाँच प्रतिशत कर खारेज गर्न समेत माग गरिएको सुवेदीले बताए ।
कर्मचारीहरुले न्यूनतम तलवमान २५ हजार कायम गर्न माग
Powered by Blogger.
0 comments
प्रतिक्रिया दिनुहोस्...