पौडेल अमेरिकाबाट गएराति स्वदेश फिर्ता
काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तीन साता लामो अमेरिका बसाइपछि गएराति स्वदेश फर्किएका छन् ।
उनी पार्टीको जनसम्पर्क समितिले अमेरिकाका विभिन्न ठाउँमा आयोजना गरेको कार्यक्रममा सहभागी भएको पौडेलका सहयोगी चिरञ्जीवी पौडेलले बताए ।
अन्तर्राष्ट्रिय विमानस्थलमा पौडेललाई पार्टी नेता तथा केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, जीवन परियार, सभासद् शारदा पौडेलसहितका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...