-->
एसएसपी खरेल राष्ट्रसंघको उच्च पदमा नियुक्त, बने सुडानको कमाण्डर


काठमाडौं, २३ जेठ । नेपाल प्रहरीका चर्चित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेल संयुक्त राष्ट्र संघको उच्च पदमा नियुक्त हुनुभएको छ ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत उहाँ अफ्रिकी मुलुक सुडानको डार्फरमा प्रोफेसनल (पी–४) तहमा नियुक्त हुनुभएको प्रहरी प्रवक्ता डीआईजी माधव जोशीले जानकारी दिनुभयो । ग्लोबल भ्याकेन्सीमा प्रतिस्पर्धा गरी उहाँले उक्त अवसर पाउनुभएको हो ।

शान्ति मिसनमा पी–४ उच्च तहको पद हो । जसमा नेपाल प्रहरीका थोरै अधिकारी मात्र सफल भएका छन् । अर्का एसएसपी पुष्कर कार्की पनि हाल सोही पदमा अर्को अफ्रिकी मुलुक लाइबेरियामा कार्यरत हुनुहुन्छ ।

राष्ट्रसंघमा पी–४ तहमा काम गर्ने अधिकारीको तलब करिब २० लाख रुपैयाँ हुन्छ । खरेल १ वर्षका लागि उक्त पदमा नियुक्त हुनुभएको हो ।

यो पदमा नियुक्त भएसँगै उहाँले सुडानमा अन्तर्राष्ट्रिय प्रहरीको कमाण्ड सम्हाल्नुभएको छ । सुडानको कमाण्डर बनेलगत्तै खरेल गत मंगलबार नेपालबाट त्यसतर्फ जानुभएको थियो ।

एक समय काठमाडौंमा गुण्डाहरुको सफाया गरेर चर्चामा आउनुभएका खरेल विवादास्पद तर, सत्य कुरा बोल्दा विवादमा तानिनुभएको थियो । त्यसपछि उहाँलाई कारवाही गरी सरुवा गरिएको थियो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.