-->
काठमाडौं उपत्यकामा फ्रान्सले केबलकार निर्माण गर्ने, प्रतिवेदन सरकारलाई बुझायो

काठमाडौं, २४ जेठ । काठमाडौं उपत्यकामा केबलकार चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा फ्रान्सले सहयोग गर्ने भएको छ ।

उसले विभिन्न रुटमा चल्नेगरी केवलकार निर्माण गरिदिने भएको हो । त्यसका लागि काठमाडौंस्थित फ्रान्सको दूतावासले आफै अध्ययन समेत गरेको छ ।

काठमाडौं उपत्यकामा केवल कार निमार्णका लागि गरिएको फिजिभिलिटी अध्ययन प्रतिवेदन दूतावासले सोमबार सरकारलाई बुझाएको छ ।

काठमाडौंका लगनखेल–जमल, टंकेश्वर–गोगंबु, कलकी–रत्नपार्क र बौद्धनाथ–विष्णुमती रुटमा केवलकार निमार्णको फिजिभिलिटि अध्धयन प्रतिवेदन सरकारलाई बुझाएको दूतावासले जनाएको छ ।

फ्रेन्स राजदूत यभ्स कारमोनाले सो प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएका हुन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.