-->
अर्काे सशस्त्र युद्धको हल्ला र वर्तमान पृष्ठभुमी

कुन बाटो सहि र कुन बाटो गलत भनेर छुट्याउन नक्सनेले पनि के राजनीति गर्नु ? यदि नेपालमा शान्ति र विकास हुन् थाल्यो भने त्यसलाई बिथोल्न २०५१ सालमा जस्तै सशस्त्र बिद्रोह गराउन नयाँ माओवादी जन्माइने शंका जनमानसमा व्याप्त छ । यो शान्ति र विकासलाई बिथोल्ने छिमेकी (भारत)को पुरानै रणनीति र नेपाल– नीति हो । त्यसका लागि पैसा र हतियार दुवै सहयोग छिमेकीले नै दिने हो । अहिले बैद्य र विप्लवहरु कुर्लनुले त्यहि कुराको संकेत गर्दैछ । नयाँ भक्ति बोकेर ‘नयाँ शक्ति’ जन्मनुको कारण पनि यही हो भनेर बुझ्नेहरु पनि धेरै छन् । कसै न कसैको सहयोग बिना दश बर्से जनयुद्धले नेपाली सेनालाई टक्कर दिन सम्भब थिएन । हामीलाई भारतले चीनले ताइबानलाई गरे जस्तो व्यवहार गर्न खोज्दैछ र ताइवान त कुनै बेला चीनको थियो तर हामी कहिले भारतको भयौ ?
राजनीतिक विश्लेषक सौरभले भने जस्तै नेपाललाई चिप्लाउदै चिप्लाउदै लगेर सिद्धाउने नै हो । सशस्त्र बिद्रोह गराएर हुन्छ कि तराई आन्दोलन गराएर हुन्छ कि सरकार गिराएर हुन्छ, जसरि भएपनि नेपाललाई असफल पार्न ठूलो चलखेल भइरहेको शंका गर्न सकिन्छ । नत्र वर्तमान पृस्ठभुमिमा सशस्त्र युद्ध गर्नुको कुनै तुक र कारण छैन, न त् २०५१ सालमा नै थियो । वीरेन्द्रको परिवार मर्नुले नेपालमा गणत्रन्त्र आएको हो र अरु कुनै शक्तिले गर्दा आएको भन्नु मरेको बागलाई ढुंगा हानेर मैले ढुंगाले हानेर मारेको भने जस्तै हो । बलियो बाग मरेपछि कमजोर बाग (ज्ञानेन्द्र) हटाउन सजिलो भएको कुरा चाँही सत्य हो (यदि वीरेन्द्रको परिवार भएको भए राजतन्त्र कुनै पनि हालतमा जाने थिएन) । नेपालमा कस्तो राजनीतिक पद्धति बसाल्ने भन्ने कुरा नेताले होइन, युद्धले पनि होइन र विदेशीले पनि झन् होइन, मात्र नेपाली जनताले निर्णय गर्ने हो । त्यसैले अहिलेको परिबेशमा हाम्रो गन्तब्य राजतन्त्र वा गणतन्त्रमा होइन, शान्ति र बिकासमा हुनु पर्दछ ।
यदि यी आरोपहरु झुट हुन् भने आफूलाई प्रगतिशील र आमुल परिबर्तनको पक्षधर ठान्नेहरुले आउने चुनाबमा आफ्ना यी एजेन्डाहरु लिएर जनतासामु जाउन, अनि बल्ल थाहा हुन्छ कसको विचार र बाटो ठिक भनेर । यो नै असल नेता र असल पार्टीको ‘राजनीतिक इमान्दारिता’ हो । छल कपट र खुरापाते राजनीतिले कहिले पनि देशमा सकारात्मक परिबर्तन र स्थिरता ल्याउँदैन ।
माओवादी माओवादी कै त विचार मिलेन र दश टुक्रा भए भनेदेखि अरु पार्टीसंग कसरि विचार मिल्ला ? त्यसकारण कुनै पनि सिद्धान्त र बादमा बादबिबाद गर्नुको सट्टा सबैको राम्रो विचार समेटेर अगाडि बढेमा देशमा परिबर्तन आउन समय लाग्दैन । नेपाल र युरोपको हावापानी, भौगोलिक बनावट र खनिज पदार्थ लगभग उस्तै उस्तै छ तर, उनीहरु धनी र बिकसित छन, हामी भने संसारको गरिब देश मध्येमा पर्छौ । अझ युरोपमा भन्दा धेरै कुरा हामीसंग बढी छ । जस्तो जडिबुटी, बिभिन्न थरि जनावर भएको नेशनल पार्क, बिश्व सम्पदा सूचिमा परेका १२ भन्दा बढी ठाउँ, मठमन्दिर, लुम्बिनी, सगरमाथा, जलस्रोत, अनि पर्यटन र व्यापारका लागि भारत र चीनको ठूलो जनसंख्या । तर, हामी यी कुराको सदुपयोग गर्नुको सट्टा सशस्त्र युद्धले मात्र परिबर्तन ल्याउन सक्छ भन्ने ठूलो भ्रममा छौ । बिडम्बना सबैका राम्रा बिचार बुझ्ने र समेट्न सक्ने खुबी भएको नेता र पार्टी नै देखिएन र नेपालको राजनीतिक संकट गहिरिनुको कारण यहि हो ।
किन र के आधारमा १२ बुँदे सम्झौता दिल्लीमा गरियो ? भारतको सल्लाह र सुझाब मानेर त्यहि सम्झौता नेपालमै गरेको भए आज हाम्रो सान अझ बलियो र उच्च हुने थियो । सम्झौता गर्न चाँही भारत जाने र सल्लाह सुझाब र कृपा लिने अनि अहिले भारतले हस्तक्षेप गर्न खोज्दैन ? छिमेकीको नीति र नियत बुझेर चलेको भए हामीले ३ महिना लामो र कष्टकर नाकाबन्दी झेल्नु पर्ने थिएन ।
यो देशमा सबैको साझा सत्रु एउटै छ त्यो हो ‘गरिबी’ । गरिबीले धेरैलाई मार्छ र मर्न बाध्य पार्छ । त्यसकारण यदि सबैको लक्ष्य साच्चिकै देश बिकास र आमुल परिबर्तन हो भने एकले अर्कालाई सत्रु मान्न छोडेर गरिबीलाई प्रमुख सत्रु बनाउ । ३ करोड नेपाली मिल्दा जाबो एउटा सत्रु पराजित गर्न के गाह्रो ? म यो पार्टी त् यो बादी भन्नुको सट्टा आफूलाई नेपाली सम्झेर नेपाली हुनुमै गर्ब गरौ । सबै नेपाली हाम्रै दाजुभाइ हुन् भन्ने भावना राखौ । धर्म गर्न कर्म गर्नुपर्छ मन्दिरमा पूजा गरेर र घरमा धुप बालेर मात्र धर्म हुन्न । मानबता, इमान्दारिता, नैतिकता र आफ्नो कर्तब्य नबुझ्ने नेता र पार्टीहरु बिस्तारै पतन हुँदै जाने छन् ।
नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भइसकेको देश हो । सिधै आक्रमण गरेर लिन मिलेन त्यसैले नेपाललाई अस्थिर र कमजोर बनाई तराइ जति बिलय गराउने चालले काम गरेको हुनसक्छ र इन्दिरा गान्धीले बनाएको नेपाल रोडम्याप पनि यहि थियो ।
भारतको चाहना नेपाल कमजोर भइ रहोस, कुनैपनि औद्योगिक उत्पादन गर्न नसकोस र आफ्ना देशमा बनेका सामान बिकिरहोस भन्ने छ । त्यसैले चीनतिर नाका खोल्दा उसको ब्यापार डुब्छ भनेर तिब्र बिरोध गर्छ । हामी स्वत्रन्त्र देश जता समान सस्तो पर्छ उत्तै किन्छौ यसमा किन भारतको बिरोध ?
चीनले नेपाललाई सहयोग गर्नुको ३ वटा स्वार्थ छन् र एउटा ब्यापार बिस्तार गर्ने, दोस्रो नेपाललाइ खुशी पारेर तिब्बत बिरोधी गतिबिधि हुन् नदिने, तेस्रो अमेरिका र युरोपले चीनलाइ घेराबन्दी गर्न नेपाल प्रयोग गर्ने डरले नेपाललाई आफ्नो पक्षमा पारिरहने । चीनको स्वार्थले हामीलाई कुनै हानि नोक्सानी गर्दैन् बरु फाइदा नै गर्छ तर भारतको स्वार्थले राष्ट्रियता नै गुम्ने खतरा छ ।
दश बर्से जनयुद्धले पर्यटन व्यवसाय धरासायी भयो । खरबौका सम्पतिहरु ध्वस्त भए । ठूलो जनधनको क्षति भयो, देश बिकासका कुनै पनि योजना सम्पन्न हुन् पाएनन् । रोजगारी क्षेत्र डामाडोल भयो, देश २० बर्ष पछाडी धकेलियो । अन्तिममा आएर मिल्नै पर्यों, सम्झौता गर्ने पर्यों । त्यसकारण न बिगतमा जनयुद्धको औचित्य थियो न बर्तमान परिपेक्षमा जनयुद्धको कुनै औचित्य छ ।
प्रतिनेपाली २३ हजार बैदेशिक ऋण पुगिसक्यो र पनि देशमा न् बिकास छ न् रोजगारी छ । बदलिदो बिश्व परिवेशलाई हेरेर जनयुद्धको बाटो छोडेर परिबर्तनको बाटोमा आउने हो कि ? बिदेशमा बस्नेहरूको सोचाइ कहिले देश सुध्रेला र फर्किन पाउला भन्ने हुन्छ तर, देशमा हुनेहरुको सोचाई कुन बाटो गएर लुट्न पाइएला र मालामाल होइएला भन्ने हुँदो रहेछ । यदि देशको राजनीति सहि बाटोमा गएको भए ३५ लाख नेपालीहरु बिदेशिनु पर्ने थिएन र अझ पनि कति बन्द हड्ताल, कति जनयुद्ध ? जनयुद्धको कुनै विकल्प छैन ? जनयुद्ध कुन समस्या समाधानको बिकल्प हो ? जनयुद्ध गर्छु भन्नेले एकचोटी सोचिदिने हो कि ?
हालः दुबई ।
dainiknepal


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.