तीन दिने भारत भ्रमणबाट स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले उपयुक्त समयमा दुवै देशका राष्ट्रपतिले एक–अर्का देशको भ्रमण गर्ने सहमति बनेको दाबी गरे। 'नेपाल र भारत दुवै देशका राष्ट्रपतिले कूटनीतिक माध्यमबाट उपयुक्त समय तय गरी एक–अर्काे देशको भ्रमण गर्ने सहमति भएको छ,' उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले भने।
नेपाल र भारतबीचको सम्बन्ध सुधार हुँदै गएको उनले बताए। नेपाल र भारतबीचको सम्बन्ध अत्यन्तै विशिष्ट किसिमको रहकाले कसैसँग तुलना गर्न नमिल्ने उनले जनाए। 'नेपाल र भारतबीच तिक्तता र असमझदारी छ भनेर चर्चा र आशंका गरिए पनि यथार्थमा त्यो सही होइन,' उनले भने। नेपालमा शान्ति, स्थायित्व र प्रजातन्त्र बलियो होस् भन्ने भारतको चाहना रहेको उनले स्पष्ट पारे।
उपप्रधान तथा परराष्ट्रमन्त्री थापा शुक्रबार सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन भारत गएका थिए। त्यहाँ उनले भारतीय समकक्षीसँग पनि द्विपक्षीय वार्ता गरेका थिए। भारत बसाइमा उनले विभिन्न भारतीय राजनीतिक दलका नेतासँग पनि भेटेका थिए।
भारतले चित्त दुखायो : परराष्ट्रमन्त्री
काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण सरकारले एकतर्फी रूपमा रद्द गर्दा त्यसप्रति भारतले चित्त दुःखाएको बताएका छन्।
0 comments
प्रतिक्रिया दिनुहोस्...