-->
उपप्रधानमन्त्री थापा चार दिने भारत भ्रमणमा जाँदै

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा चार दिने भारत भ्रमणका लागि आगामी शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।
 
सार्क मन्त्रिपरिषद् अध्यक्षको हैसियतमा आगामी जेठ २९ हुने सार्क विश्व विद्यालयको दिक्षान्त समारोहमा भाग लिन थापा भारत जान लागेको परराष्ट्र मन्त्री थापाका सहयोगी  मोहन श्रेष्ठले सेतोपाटीलाई बताए।
 
थापाले सोही कार्यक्रमका बेला वा आइतबारसम्म  भारतीय समकक्षी  सुष्मा स्वराजसँग भेटघाट गर्ने भएका छन्। भेटमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा द्विपक्षीय छलफल हुने भएको छ।

‘उच्च राजनीतिक भेट गर्ने कुरा छ, तर को-को सँग भन्ने अझै टुंगो लागेको छैन,’ उनले भने, ‘भेट्ने भन्ने लगभग पक्का छ।’

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अकस्मात रद्ध र राजदूत  दिपकुमार उपाध्यायको फिर्ताले चिसिएको नेपाल-भारत सम्बन्धमा थापाले पहिलोपटक राजनीतिक सम्वाद गर्ने भएका छन्।

भारतीय पक्षले पछिल्लो समय राष्ट्रपति भण्डारीको भ्रमण रद्ध र राजदूत फिर्ता विषयमा आफूहरुसँग परामर्श नगरिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आईरहेको छ।

परराष्ट्रमन्त्री थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारुढ भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय कांग्रेसलगायतका दलीय नेतासँग भेटघाट हुनसक्ने सम्भावना रहेको छ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.