-->
आन्दोलनरत गठबन्धनले सुरु गर्‍यो रिले अनसन

काठमाडौं, जेठ २५ । आन्दोलनरत संघीय गठबन्धनले आजदेखि रिले अनसन सुरु गरेको छ । काठमाडौंको खुलामञ्चमा सुरु गरिएको अनसनमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेता सहभागी छन् ।

बिहान ७ बजेबाट सुरु अनसन साँझ ७ बजेसम्म चल्ने छ । रिले अनसन असार मसान्तसम्म गर्ने गठबन्धनले जनाएको छ ।

संविधान पुनर्लेखनको माग गर्दै राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले यसअघि पहिलो चरणको कार्यक्रमअन्तर्गत सिंहदरबार र बालुवाटार घेराउ गरिसकेको छ ।

दोस्रो चरणमा गठबन्धनले राजधानीका विभिन्न स्थानमा विरोधसभा गरेको थियो । सरकारले मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गरेको भए पनि गठबन्धनलाई वार्तामा बोलाउनुपर्ने भन्दै गठबन्धनले आन्दोलन जारी राखेको हो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.