जन्मेर न्वारान गर्न नपाउँदै नयाँ शक्तिको विवाद उत्कर्षमा
काठमाडौं, ३२ जेठ । नयाँ शक्ति नेपालको पार्टी घोषणासँगै सोमबारबाट सुरु भएको छलफल सत्रमा विवाद भएको छ । पार्टीको सिद्धान्त तथा राजनीतिक प्रतिवेदनका विषयमा विवाद भएको हो ।
पार्टीको कार्यदिशा बाम राख्ने कि गैरबाम राखेर अघि बढ्ने भन्नेमा पनि नयाँ शक्तिका प्रतिनिधिहरुमा फरकफरक धारणा राखेका हुन् ।
विभिन्न १३ वटा समूह विभाजन गरेर सञ्चालित छलफल सत्रका सहभागिहरुबीच कम्युनिष्ट पृष्ठमूमिबाट आएका प्रतिनिधिहरुले वाम नै राखेर जानुपर्नेमा जोड दिएका छन् । तर, कम्युनिष्ट पृष्ठभूमिभन्दा बाहिर विपभन्न पेसा तथा व्यवसाय अँगालेर आएका प्रतिनिधिहरुले भने गैरवाम नाम राखेर जानुपर्नेमा जोड दिएका छन् ।
छलफल सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै संयोजक डा. बाबुराम भट्टराईले तत्कालका लागि बाम लोकतान्त्रिक चरित्रको सिद्धान्त अवलम्बन गरेर गए पनि आगमी वर्षभित्र उपयुक्त विकल्प खोजेर परिवर्तन गर्न सकिने बताएको राजधानी दैनिकमा समाचार छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...