-->
प्रहरी अनुसन्धानमा चलखेल भो पोलिग्राफमा शंका छः विमल घर्तीमगर


जेठ २४, पहिलो कुरा यो आत्महत्या होइन, मेरो बहिनी मनिषाको हत्या भएको छ । बहिनी झुन्डिएको स्थानमा आफैं झुन्डिन सक्ने अवस्था छैन । घरमा रहेको पंखा र तल रहेको टेबल देखाउँदै उनले भने, ल आफैं हरेर भन्नुस् पंखा उता छ टेबल यता छ अब कसरी कोही यहाँ आफैं झुन्डिएर आत्महत्या गर्न सक्छ ।
यती मात्र होइन यस्ता धेरै कुराहरु छन् जसले आत्महत्या नभइ हत्या भएको देखिन्छ । त्यसैले मेरो बहिनीको हत्या भएको हो । र, मेरो बहिनीको हत्या गर्ने जो सुकै भएपनि सरकारले घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ ।मेरो बुबाले देशको लागि लड्नुभयो । म पनि देशकै लागि खेल्दैछु । तर, आज हामी नै सुरक्षित छैनौं भने सरकारले अन्य जनताको घरमा कसरी सुरक्षा दिन सक्छ ? हामी अहिले पनि असुरक्षित महसुस गरिरहेका छौँ । अहिलेसम्म देशको लागि यत्रो गरे तर सरकारले केही गरेन ।
विमलको प्रश्न पनि छ, हामी आफैं सुरक्षित छैनौं भने देशको लागि लडेर के काम ? उनी भन्छन्, दोषीले उन्मुक्ति पाए मैले देशको लागि फुटबल खेल्ने अवस्था रहने छैन ।विमल मनिषाको मृत्यु प्रकरणमा भइरहेको अनुसन्धानमाथि पनि प्रश्न उठाएका छन् । उनले भनेका छन्, बहिनीको मृत्युको घटनाको अनुसन्धान पनि चलखेल भएको छ । प्रहरीको अनुसन्धान, विशेष गरी प्रहरीले गरेको पोलिग्राफ परिक्षणमा मलाई आशंका लागेको छ । प्रहरी दुई जिब्रे भएका छन् । यता हामीलाई पत्रकारसँग कुराकानी नगर्नुहोला भन्छन्, उता आफू पत्रकार सम्मेलन गर्छन । (पोलिग्राफपछि प्रहरीले गत बुधबार पत्रकार सम्मेलन गरेको थियो) । प्रहरीले हामीलाई पनि पत्रकार सम्मेलनमा सहभागी गराएर घटना र अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी गराउनु पथ्र्यो ।
तर, हामीलाई केही जानकारी गराउन चाहेन । पत्रकार सम्मेलन भएको दिन बिहान अनुसन्धानबारे बुझ्न हामी आफैं जिल्ला प्रहरी कार्यालय नवलपरासीमा गएका थियौं । तर प्रहरीले अनुसन्धान भइरहेको छ भन्दै केही जानकारी गराएन ।नेपालजापान डटकमबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.