
माओवादी पार्टीमा अध्यक्ष प्रचण्ड पुत्र भन्दा पनि प्रकाश दाहालका नामले चिनाउन चाहने उनले बिहीबार फेसबुकमा लेखेका छन्, ‘ल नक्कली सर्टिफिकेट लिएका दोषी भए, तर त्यो नक्कली सर्टिफिकेट लिएर एमबीबीएसमा भर्ना दिने कलेज चाहिँ दोषी हैनन् ? सक्छौ ती कलेजलाई पनि तुरुन्त कारबाही गर ।’ प्रकाशले पैसा कमाउने नाममा यहाँ जस्तोसुकै धन्धा हुने गरेको भन्दै लेखेका छन्, ‘मोटो रकमको लोभमा यहाँ जस्तो गलत कामलाई पनि प्रोत्साहन दिने निकायहरुलाई पनि तुरुन्त कारबही गर ।’
उनले नक्कली डाक्टरलाई भर्ना दिने बेला कुन कुन शिक्षामन्त्री थिए, त्यो पनि कारबाहीको भागीदार बन्नुपर्ने बताएका छन् । यतिखेर शिक्षा मन्त्रालय माओवादीकै नेता गिरिराजमणि पोखरेलले चलाएका छन् । एमबीबीएस भर्ना दिने निकाय शिक्षा मन्त्रालय र त्यस मातहतकै निकाय हो । प्रचण्डपुत्र प्रकाशको यो चुनौतीलाई मन्त्री पोखरेलले कसरी लिने हुन्, त्यो भने हेर्न बाँकी छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...