एसएलसी परीक्षाका लागि विद्यार्थीलाई फेरि अर्को नियम
काठमाडौं, ३२ जेठ । एसएलसी परीक्षामा समग्रमा डी प्लस ल्याउने विद्यार्थीलाई मात्र कक्षा ११ मा भर्ना हुन दिने प्रस्ताव उच्च माध्यामिक शिक्षा परिषदले गरेको छ ।
कक्षा ११ र १२ को पढाइको व्यवस्थापन गर्दै आएको परिषदले शिक्षा मन्त्रालयसमक्ष यस्तो प्रस्ताव गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको सबै नजिता ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्ने भएपछि परिषदले करिब एक महिनाको अध्ययनपछि ११ मा भर्ना हुन पाउने विद्यार्थीका बारेमा सोमबार आफ्नो राय बुझाएको हो ।
परिषदका उपाध्यक्ष चैतन्य शर्माले भने, ‘हाम्रो रायसहितको प्रतिवेदन सोमबार मन्त्रालयमा बुझाएका छौं । छिट्टै निर्णय होला ।’
११ कक्षामा विज्ञान विषय पढ्न अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा सी प्यस ल्याउनैपर्ने प्रस्ताव परिषदले गरेको छ । अन्य विषय पढ्नका लागि भने न्यूनतम डी प्यस ल्याउनु पर्नेछ ।
dainiknepal
0 comments
प्रतिक्रिया दिनुहोस्...