-->
चाइना साउदर्न भदौबाट दैनिक काठमाडौं आउने

काठमाडौं– चिनियाँ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी चाइना साउदर्न एयरलाइन्सले आगामी भदौ १६ बाट काठमाडौका लागि दैनिक एक उडान गर्ने घोषणा गरेको छ। हाल सातामा तीन उडान गरिरहेको छ। 

काठमाडौं सेक्टरमा यात्रु चाप र बजार माग बढेका कारण दैनिक एक उडान गर्न लागिएको कम्पनीले जनाएको छ। त्यसको दुई महिनापछि कात्तिक १४ बाट उडान संख्या दिनको दुई पुर्याउने पनि चाइना साउदर्नले जनाएको छ।

भारतको नाकाबन्दीका कारण हवाई इन्धन अभाव भएपछि चाइना साउदर्नले २०७२ असोज २१ देखि ग्वाङझाओबाट काठमाडौं उडान रद्द गरेको थियो। नाका खुलेपछि इन्धन आपूर्ति सहज भएको भन्दै कम्पनीले प्रत्येक गत वैशाख १४ बाट मंगल, बिही र शनिबार काठमाडौंका लागि दैनिक एक उडान गर्न थालेको थियो।

चाइना साउदर्नले हाल यात्रुबाहक तथा कार्गो गरी ६ सयभन्दा बढी जहाजबाट ४० देशका १ सय ९० गन्तव्यमा दैनिक २ हजार उडान गर्दै आएको छ । स्काइटिम सदस्यसँग सहकार्य गर्दै यसले १ सय ७७ देशका १ हजार ५२ गन्तव्यमा सेवा पु¥याइरहेको छ । यो एसियाकै सबैभन्दा ठूलो तथा संसारको पाँचौं ठूलो वायुसेवा कम्पनी हो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.