क्लार्कको आत्मघाती गोलले जोगायो स्वीडेनलाई
जेठ ३२ – आत्मघाती गोलका कारण रिपब्लिक अफ आयरल्याण्ड युरोकपको पहिलो खेलमा बराबरीमा रोकिएको छ । समूह इ अन्तर्गत सोमबार राति पेरिसमा भएको
खेलमा पहिले अग्रता लिएर पनि रिपब्लिक अफ आयरल्याण्ड स्वीडेनसँग १–१ को बराबरीमा रोकियो । पहिलो हफमा गोलरहित बराबरी भएको खेलमा ४८ औं मिनेटमा वेस हुलाहानले गोल गर्दै आयरल्याण्डलाई अग्रता दिलाए ।
हुलाहानले हाफ भली गोल गरेका हुन् । ७१ औं मिनेटमा आयरल्याण्डका किरण क्लार्कले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो ।
त्यसअघि मार्टिन ओ’नीलको प्रशिक्षणमा खेलेको आयरल्याण्डको टिमले एउटा उडवर्क प्रहार गरे । यस्तै धेरै पटक गोल गर्ने मौका गुमाएका थिए ।
पहिलो गोल गरेपछि आयरल्याण्डको टिमलाई दबाबमा राख्न स्वीडेनका खेलाडीले दबाबमा राख्ने प्रयास गरे । स्वीडेनका जाल्टन इब्राहिमोविचको
लो क्रस बललाई क्लार्कले हेडमार्फत क्लिएर गर्न खोज्दा आत्मघाती गोल भयो । बराबरीपछि दुवै टिमले एक एक अंक बाँडेका छन् । क्लार्कको आत्मघाती गोल आयरल्याण्डलाई घातक बन्दा स्वीडेनका लागि भाग्य सावित भयो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...