-->
वातावरण मन्त्री पासवान सिकिस्त, आइसियूमा उपचार हुँदै

जेष्ठ २३, २०७३- वातावरण तथा जनसंख्यामन्त्री विश्वेन्द्र पासवान सिकिस्त विरामी परेका छन् । पेन्क्रियाज सुन्निएपछि तीन दिनअघि विरामी परेका पासवानको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आइसियूमा राखेर उपचार भइरहेको छ ।

खाना अपच हुने समस्या भएपछि उनको पेन्क्रियाज सुन्निएको थियो । मन्त्री पासवानको स्वास्थ्य अवस्था अवस्था बुझ्न आइतबार प्रधानमन्त्री केपी ओली अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री ओलीले मन्त्रीको उपचारमा सम्भव सबै प्रयासहरु गर्न चिकित्सकलाई आग्रह गरेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

नेपालमा सम्भव नभए विदेश लगेर भए पनि मन्त्री पासवानको उपचार गर्ने गरी सरकारले तयारी गरेको छ । एमालेको आइतबार बसेको स्थायी समिति बैठकले मन्त्री पासवानको स्वास्थ लाभको कामना गरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.