-->
वास्तविक नाम लुकाएर चर्चित बनेका नेपाली कलाकारहरु

तिनै सेलिब्रेटीहरुको वास्तविक नामबारे पारिएको एक सामाग्री तयार पारेको छ । तलको सामाग्री पढ्नुहोस् र आफूलाई मन पर्ने सेलिब्रेटीको वास्तवीक नाम थाहा पाउनुहोस् । 


करिस्मा मानन्धर : सदावहार नायिका करिस्मा मानन्धरको नाम बच्चा देखी बृद्धासम्म सबैको मुखमा झुण्डीएको छ । तर धेरै कमलाई उनको वास्तविक नाम करिस्मा हैन भन्ने कुरा थाहा छैन । उनको वास्तवीक नाम भने बुनु केसी हो । 

निखील उप्रेती : एक्शन अभिनेताको रुपमा परिचित अभिनेता निखील उप्रेतीको वास्तविक नाम दिनेश उप्रेती हो । तर पछि उनले नाम बदलेर निखील बनाए । फेरेको निखील नाम उनलाई निकै फाप्यो । उनको नागरिकताको नाम भने दिनेश उप्रती नै हो । 

झरना थापा: अर्की सदाबहार नायिका झरना थापाको वास्तविक नाम पनि धेरै कमलाई थाहा होला । उनको वास्तवीक नाम कमला थापा हो । 

पुजा चन्द: अभिनेत्री पुजा चन्दको वास्तविक नाम पनि पुजा हैन । सुरज चन्दसँग विवाह गरेर चन्द बनेकी पुजाको वास्वीक नाम हो राधिका परियार । 

जल शाह: अभिनेत्री जल शाहको पूरा नाम जल शाह कर्माचार्य थियो । तर उनी मात्र जल शाहका नामले परिचित छिन् । रमीत ढुङगाना: अभिनेता रमीत ढुङगानाको वास्तविक नाम राधेश्याम ढुङगाना हो । 

आर्यन सिग्देल: चक्लेटी नायक आर्यन सिग्देलको वास्तवीक नाम हरिश सिग्देल हो । तर उनको हरिश नाम परिवारमा मात्र सिमीत रहन पुग्यो । फ्यानहरुबिच उनी आर्यनका नामले परिचित छन् । 

गरिमा पन्त: नायिका गरिमा पन्तको वास्तविक नाम पनि कमला पन्त थियो । पछि उनले बदलेको नामले नै उनलाई चिनायो । आज उनी गरिमा पन्तका नामले परिचित छिन् । 

मेलिना मानन्धर: अभिनेत्री मेलिना मानन्धरको वास्तविक नाम पनि मेलीना हैन । उनको वास्तवीक नाम सुनिता मानन्धर हो । 

नन्दीता केसी: नन्दीता केसीलाई पनि फेरेको नाम निकै फापेको छ । उनको वास्तवीक नाम शोभा केसी हो । 

युना उप्रेती: अभिनेत्री युना उप्रेतीले त्यति धेरै फिल्ममा काम गरेकी छैनन । तरपनि उनको नाम चर्चित छ । उनले काम गरेका एक दुईवटा फिल्मले नै उनलाई चिनाएका छन् । युनाको वास्तविक नाम जमुना उप्रेती हो । 

उषा पौड्याल: नेपाली फिल्म उद्योगसँगै भारतीय टेलिभिजनमा समेत काम गरेकी अभिनेत्री उषा पौड्यालको वास्तविक नाम रुपमणी पौड्याल हो । 

सुमिना घिमीरे: मोडलिङबाट अभिनेयमा आएकी अभिनेत्री सुमिना घिमीरेले पनि यस क्षेत्रमा आउनुभन्दा पहिले आफ्नो नामको अगाडी सु थपेकी थिईन् । उनले थपेको ‘सु’ ले उनलाई राम्रै फाईदा पुर्यायो । 

आना शर्मा: फिल्म जेरीबाट सिने उद्योगमा प्रवेश गरेकी अभिनेत्री आना शर्माको वास्तवीक नाम अन्नपूर्ण शर्मा हो । 

रेश मरहठ्ठा: अभिनेता रेश मरहठ्ठाको वास्तविक नाम सुरेश मरहठ्ठा हो । 

विरेन्द्र श्रेष्ठ: अभिनेता विरेन्द्र श्रेष्ठको पनि वास्तविक नाम विरेन हैन । उनको वास्तविम नाम विरेन्द्र श्रेष्ठ हो । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.