-->
विभिन्न फाइदाको लागि पिउनुहोस् अदुवाको जुस

 अदुवा दैनिक जीवन भनौँ या भान्छामा दैनिक रुपमा प्रयोग हुने यस्तो चिज हो जसको सेवन स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । वर्षाको समय र जाडोको सिजनमा अदुवाको सेवन गर्नु निकै उचित मानिन्छ । अदुवामा क्याल्सियम, आईरन, म्याग्नेसियम जिंक जस्ता तत्वहरु पाईन्छ । स्वास्थ्यको लागि निकै राम्रो मानिने अदुवाको जुस सेवनले हुने फाइदाहरुको बारेमा आज हामी चर्चा गर्नेछौँ ।


- मधुमेह नियन्त्रण
एक गिलास अदुवाको जुस पिउने गर्नाले रगतमा हुने ग्लुकोजको मात्रालाई कम गर्छ जुन मधुमेह पीडितको लागि निकै लाभदायक हुन्छ । एन्टी डाइबिटिक गुण हुने भएकोले पनि मधुमेह पीडितले अदुवाको जुस पिउनु राम्रो मानिन्छ ।


- पाचन सम्बन्धी समस्यालाई समाधान गर्छ ।
अदुवाको जसले पाचन सम्बन्धी विभिन्न किसिमको समस्यालाई समाधान गर्ने गर्छ । अदुवाले पाचन प्रक्रियामा एक सक्रिय तत्वको रुपमा काम गर्छ ।


- कोलस्ट्रोल कम गर्न मद्दत गर्छ ।
अदुवाको सेवनले कोलस्ट्रोलको स्तरलाई कम गर्छ ।


रक्त नलिमा रगत जम्न नदिन पनि अदुवाको जुस पिउनु लाभदायक मानिन्छ । यसले मुटु रोगीहरुलाई मद्दत गर्दछ ।


- शरीरमा मुसा तथा डण्डिफोर हटाउने काम गर्छ ।

यदि तपाइ मुसा र डण्डिफोरबाट छुटकारा चाहनुहुन्छ भने दैनिक रुपमा अदुवाको जुस पिउने गर्नुहोस् । अदुवा सेवनले शरीरमा मुसा तथा डण्डिफोर आउन दिँदैन ।


- क्यान्सर हुनबाट बचाउँछ ।
क्यान्सर जस्तो खतरनाक रोगको समेत अदुवाले रोकथाम गर्दछ ।Dc Nepal 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.