-->
अर्जेन्टिनामा मेस्सीको शालिक : सन्यास फिर्ता लिन दबाब

35C3B76500000578-3664984-image-a-36_1467153866825

ब्युनोस आयर्स – अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो मार्सीले लियोनल मेस्सीसँग आगामी साता भेट गर्ने बताएका छन् । उनले मेस्सीलाई राष्ट्रिय टोलीमा फर्काउने समेत बताएका छन् । मेस्सीले सन्यास घोषणा गरेपछि उनीसँग टेलिफोनमा कुराकानी भएको समेत मार्सीले बताएका छन् । यसअघि चिलीसँग कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना पराजित भएपछि मेस्सीले सन्यास लिएका थिए ।

प्रतियोगितापछि मेस्सी सोमबार अर्जेन्टिना फर्किएका छन् । तर उनले आफ्नो निर्णयका विषयमा केही बोलेका छैनन् । यता राष्ट्रपति मार्सीले मेस्सीलाई सन्यास नलिन आग्रह गरिसकेका छन् ।

१३ वर्षको उमेरमै अर्जेन्टिना छाडेर स्पेनको बार्सिलोना पुगेका मेस्सी बेला बेलामा राष्ट्रिय टोलीका लागि राम्रो नखेलेको भन्दै आलोचनाको शिकार हुन्छन् । म्याराडोनासँग तुलना गरेर पनि मेस्सीको आलोचना हुन्छ । म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६ मा अर्जेन्ज्टिनालाई विश्वकप जिताएका थिए ।

‘हाम्रा लागि विश्वकै उत्कृष्ट खेलाडी उपहारका रुपमा भगवान्ले दिएका छन् । त्यसमा हामी साँच्चै भाग्यभानी छौ किनकी हाम्रो देश फुटबलप्रेमीको देश हो ।’– राष्ट्रपति मार्सीले बताएका छन् ।

अर्जेन्टिनी राष्ट्रपति मार्सी कुनै समय बोक जुनियर्सको अध्यक्ष समेत थिए । उनले ब्युनोर्स आर्यसमा लियोनल मेस्सीको शालिक समेत अनावरण गरेका छन् । मेस्सीसँगै अर्जेन्टिनाका अन्य महान् खेलाडीहरुको शालिक ब्युनोस आर्यसमा निमार्ण गरिएको छ ।rato pati 

35C3659900000578-3664984-image-a-62_146715466961135C3658C00000578-3664984-image-a-63_146715467782435C3658000000578-3664984-image-m-65_1467154689052


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.