-->
अमेरिकालार्ई टक्कर दिने चिनियाँ दिदी

एजेन्सीः पछिल्ला दिनमा चीनको एक ट्याक्सी सर्भिस कम्पनीकी महिलाको चर्चा चुलिएको छ ।

चार वर्ष पहिला मात्र कम्पनी सुरु गरेकी जैन लऊको कम्पनीको बजार मूल्य १.७५ लाख करोड भएको बताइएको छ । कम्पनीको सफलतामा अरु कसैको नभएर एक महिलाको हात छ ।

पछिल्ला दिनमा उनले लगातार अमेरिकी कम्पनीलाई टक्कर दिइराखेकी छन् । उनी विश्वकै सबैभन्दा धेरै ट्याक्सी वितरक बनेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।

जैन लऊ नाम गरेकी महिला चिनियाँ एपमा आधारित ट्याक्सी कम्पनीकी संस्थापक हुन् । उनको कम्पनीका गा्रहक मात्र चीनका चार सय सहरमा गरेर ३० करोड बढी छन् । उनका ड्राइभर मात्र १.४ करोड भएको बताइएको छ ।

चिनियाँ दिदीको कम्पनीमा एप्पलले समेत ठूलो लगानी गरेको छ । अमेरिकी प्रमुख टेक्नोलोजी कम्पनी एप्पलले एक अरब डलरको लगानी गरेको हो । यो लगानीले उनको कम्पनीलाई अझ उत्साहित बनाएको छ ।

एप्पलले लगानी गरेपछि चार वर्ष अघि स्थापना भएको कम्पनीले ठूलो सफलता हात पारेको उल्लेख गरिएको छ ।
  


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.