एका बिहानै भूकम्प धक्का
काठमाडौँ, ३२ जेठ । गोरखा केन्द्रबिन्दु भएर आज बिहान पुनः गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
२०७२ वैशाख १२ गतेको ठूलो भूकम्पपछि हालसम्म चार रेक्टर स्केलमाथिका ४६१ वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...