-->
बेल्जियमले जित्यो, वेल्स हार्‍यो

जेठ २४ – मैत्रीपूर्ण फुटबलमा बेल्जियमले नर्वेलाई हराएको छ । आइतबार राति भएको खेलमा युरोकप फुटबलको तयारीमा रहेको बेल्जियमले नर्वेलाई ३–२ ले हराएको हो । बेल्जियमको जितमा रामेलु लुकाकु, इडन हजार्ड र लोरेन्ट सिम्यानले एक एक गोल गरे । नर्वेका लागि योशुआ किङ र भेटोन बेरिशाले एक एक गोल गरे ।बेल्जियमले जेठ ३१ गते लियोनमा इटालीसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ । आइतबार राति नै भएको खेलमा वेल्स स्विडेनसँग ३–० ले पराजित भयो । टर्कीले स्लोभेनियालाई १–० तथा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले हरायो । सर्बिया र रुसले १–१ को बराबरी खेले ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.