झापाले जित्यो ईन्डो नेपाल उसुको उपाधि
विराटनगरःजिल्ला उसु संघ मोरङको आयोजनामा भएको प्रथम इन्डो नेपाल आमान्त्रण उसु प्रतियोगिताको उपाधि झापाले जितेको छ । विराटनगरमा आईतबार सम्पन्न भएको प्रतियोगिताको द्वितीय उदयपुर र तृतीय मोरङले उपाधि जितेको हो ।
प्रतियोगिताको ६० केजी तौल समूहको छात्रतर्फको प्रथम मोरङका उपेन्द्र मारिक, इलामका द्वितीय भीम पौडेल र तृतीय भारत अरेरियाका बसन्त बुढाथोकी तथा उदयपुरका सौरभ मिश्र भए । ४८ केजी तौल समूहका
उदयपुरका रमेश कुमार लिम्बु प्रथम, झापाका रोसन गुरुङ द्वितीय र सप्तरीका सागरकुमार तथा भारत कलकत्ताका सोमनाथ दास तृतीय भए । ५२ केजी तौल समूहमा उदयपुरका सन्दिप इजाम प्रथम, मोरङका श्र वण कुमार ऋषिदेव द्वितीय र झापाका नारयण राई तथा सुनसरीका विजय रसाइली तृतीय भए । ४५ केजी समूहका प्रथम अनित दनवार प्रथम, अप्सर राई द्धितीय र बलराज सहनी तृतीय भए ।
त्यस्तै ६० केजी तौल समूहको छात्रातर्फको प्रथम झापाकी संगीतिा कुमारी दनवार, द्वितीय इलामकी टिकादेवी प्रधान र तृतीय उदयपुरकी सविना राई भइन । ५१ केजी तौल समूहको छात्रा तर्फको प्रथम झापाका अनिषा प्रदान, द्वितीय झापाकै एक्सा राई भए भने तृतीय मोरङका सुजना राई भइन ।
प्रतियोगितामा विजेता हुने खेलाडीहरुले अकर्षण ट्रफी तथा प्रमाणपत्र पाएका थिए । प्रतियोगितामा पूर्वाञ्चलका ८ वटा जिल्ला र भारतको ८ वटा प्राप्तबाट ४० देखी ६० केजी तौल समूहका खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको निर्णयकहरुमा उसु प्रशिक्षक तथा अन्तरािष्ट्रय रेफ्री दिनेश कुमार मिश्र, प्रनिलहवज कार्की, गोपाल श्रेष्ठ रहनु भएको थियो ।
प्रतियोगितामा विजय हुने खेलाडीहरुलाई पूर्वाञ्चल खेलकुद विकास समितिको अध्यक्ष रविन नगरकोटी, लाइभ गार्ड हस्पिटल विराटनगरका प्रमुख डा. कैलाश कुमार श्रेष्ठ, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोर अमात्य मोरङ उखु संघका अध्यक्ष सुनिल पोखरेललगायले ट्रफि तथा प्रमाणपत्र वितरण गर्नुभएको थयो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...