कोपा अमेरिकामा मेक्सिको र भेनेजुएला बराबरीमा रोकिए, मेक्सिको समूह विजेता
अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा मेक्सिको समूह सीको विजेता बनेको छ।
मंगलबार बिहान अमेरिकाको टेक्ससमा भएको खेलमा मेक्सिको र भेनेजुएलाले १–१ को बराबरीमा खेलेपछि समूह विजेता र उपविजेताको टुंगो लागेको हो। समूह सीको उपविजेता भने भेनेजुएला बनेकाे छ।
खेलको १० औं मिनेटमै भेनेजुएला जोसे म्यानुएलले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक सून्यले अघि रहेको भेनेजुएलाले अग्रता टिकाइराख्न सकेन।
खेलको ८० औँ मिनेटमा मेक्सिकोका जिसस म्यानुएल कोरोनाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। बाँकी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल १–१ को बराबरीमा सकिएको हो।
समूह सीबाट मेक्सिको र भेनेजुएला क्वाटरफाइनल प्रवेश गरेका छन् भने उरुग्वे र जमैका समूहचरणबाटै घर फर्किएका छन्।
0 comments
प्रतिक्रिया दिनुहोस्...