-->
महिलाको कुन अंगमा हुने कोठीले के संकेत गर्छ

गालामा हुने कोठी
गालाको दायाँ भागमा हुने कोठीलाई शुभ मानिन्छ । यसले तपाइँलाई खराव नजरबाट बचाउने विश्वास गरिन्छ । बाया तिरको कोठी भने अशुभ हुन सक्ने ठानिन्छ ।
निधारमा कोठी
निधारमा कोठी हुनेलाई टेन्सन हुने मानिन्छ । निधारको बायाँ भागमा हुने कोठीले जीवनमा कष्ट र तनावको संकेत गर्छ । तर दायाँ भागमा कोठी भएमा भने यसले सुख र खुशी दिने मानिन्छ ।
आँखी भौंमा कोठी
आँखी भौंको बिचमा कोठी भएमा यो शुभ मानिन्छ । यसले दाम्पत्य जीवन सुखद् हुने संकेत गर्छ ।
ओंठमा हुने कोठी
ओंठमा हुने कोठी कामुकताको प्रतिक मानिन्छ । यसले जीवन विलाशी हुने संकेत पनि गर्छ । यस्ता महिला कामुक हुने मानिन्छ । यस्ता महिलाले अरुलाई फसाउने समेत मानिन्छ ।
नाकमा कोठी
नाकमा कोठी हुने महिला झगडालु हुन्छन् । यसले साना साना विषयमा पनि असझमदारी उत्पन्न हुने संकेत गर्छ । यद्यपी नाकमा कङ्कोठी हुने महिला मेहनती हुन्छन् । नाकको दायाँ कोठी भएमा भने यस्ता महिला शान्त र सुशील मानिन्छन् ।
चिउँडोमा कोठी
महिलाको चिउँडोमा हुने कोठीले पैसा धेरै हुने संकेत गर्छ । यहाँ कोठी हुने महिला धनी हुन्छन् । यस्ता महिलालाई पैसाको कुनै कमी हुँदैन ।
तिग्रामा हुने कोठी
कुनै पनि महिलाको तिग्रा वा गुप्ताङ्ग नजिक कोठी छ भने उनीहरु विपरित लिङ्गीलाई धेरै आकर्षित हुने गर्छन् ।
नाइटोमा हुने कोठी
महिलाको नाइटोमा कोठी हुनु शुभ मानिन्छ । यसले महिला समृद्ध र धनवान हुने संकेत गर्छ । तर पेटमा हुने कोठीमा भने अशुभ मानिन्छ ।
पिठ्यूमा कोठी
कुनै पनि महिलाको पिठ्यूमा कोठी छ भने त्यस्ता महिला रोामान्टिक हुन्छन् । यस्ता महिला पैसा कमाउने र खर्च गर्ने समेत हुन्छन् ।
छातीमा कोठी
महिलाको छातीमा कोठी छ भने त्यस्ता महिला प्रशन्न रहने स्वभावका हुन्छन् । उनीहरुलाई विभिन्न परिकार भोजन गर्न मन पर्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.