-->
विदेश घुम्ने पर्यटकको संख्या ४.४ प्रतिशले बढ्यो


काठमाडौं, २२ जेठ । अन्तर्राष्ट्रिय पर्यटक आवागमन सन् २०१४ मा भन्दा सन् २०१५ मा ४.४ प्रतिशतले वृद्धि भएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तरराष्ट्रिय पर्यटन संगठन (यूएनडब्लूटीओ)ले सार्वजनिक गरेको तथ्यांकमा सन् २०१५ मा १ अर्ब १८ करोड ४० लाख मानिस अर्को देशमा घुम्न निस्किएका थिए ।

जुन गत वर्षभन्दा ४.४ प्रतिशतले बढी हो । सन् २०१५ मा सन् २०१४ को भन्दा ५ करोड बढी पर्यटकले घुमेका छन् । ‘विश्वभर पर्यटक आगमनदर वृद्धि हुँदै जाँदा विश्वको अर्थतन्त्रलाई चलायमान बनाउनुको साथै रोजगारी वृद्धिमा ठूलो सहयोग गरेको छ,’ यूएनडब्लूटीओका महासचिव तालेब रेफाइले भने ।

समय पर्यटनसम्बन्धी नीतिगत सुधार हुँदै जानु तथा सेवामुखी उद्योगको विकास हुनुले पर्यटक संख्या वृद्धि भएको रेफाइले बताएका छन् । युरोप, अमेरिकमा, एसिया तथा प्रसान्त क्षेत्रमा पर्यटक आगमन ५ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तैगरी मध्यपूर्वी देशमा ३ प्रतिशितले वृद्धि भएको छ भने अफ्रिका लगायत अन्यमुलुकको वृद्धिसमेत ३ प्रतिशत छ । त्यस्तै घुम्न जाने देशहरूमा एसिया तथा प्यासिफक र अमेरिकाका ४ देखि ५ प्रतिशले वृद्धि भएको जनाइएको कारोबार दैनिकमा समाचार छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.