-->
अफगानिस्तानमा फेरि आक्रमण गर्ने तालिवानको धम्की’

काठमाडौं । अफगानिस्तानमा तालिवानले १२ जना नेपालीको ज्यान जारी गरी आग्रमण गरेपछि सिंगो नेपाल अहिले शोकाकुल छ । अझै पनि कयौं नेपालीले त्यहा काम गरिरहेका छन् ।
शोकको पिडा सेलाउन नपाउदै अफगानिस्तानमा तालिवानले फेरि आक्रमण गर्ने धम्की दिएको चर्चा चल्न थालेको छ ।
अफगानिस्ताको कावुलमा एउटै कम्पनीमा काम गर्ने सहोदर मामा र भाञ्जालाई गुमाएपछि उनिहरुको शव लिएर काठमाडौं आएका नुवाकोटका आईसी तामाङका अनुसार अफगानिस्तानमा फेरि तालिवानले आक्रमण गर्ने थ्रेट आएको हल्ला फैलिको छ ।
‘तालिवानले २७ तारिखमा फेरि आक्रमण गर्ने थ्रेट दिएको छ’ उनी भन्छन्, ‘बाँचेर आयौं अब फेरि जाने रहर छैन ।’उनका अनुसार साव्री कम्पनीमा १७५ नेपालीहरु सेक्युरीटी गार्डको रुपमा कार्यरत थिए त्यसमध्ये २४ जना नेपाल फर्केपनि अरु ९० जना त्यही काम गर्दै छन् ।
khabardabali


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.