मधुमल्ला (मोरङ), १ असार, सरकारले पशुपालन गर्ने किसानलाई उच्च सम्मान दिँदै अनुदान समेत दिन थालेपछि मोरङको मधुमल्ला –९ का कृष्ण आचार्य छँदा–खाँदाको सरकारी जागिर छोडेर ब्यावसायिक गाईपालनमा लागेका छन् । माध्यमिक तहमा १२ वर्ष नेपाली विषय अध्यापन गराएका कृष्ण सरले चक डस्टर छोडेर गोबर सोहोर्दै घाँस काट्न थालेको ३ वर्ष हुनै लाग्यो । कृष्ण सरले भोजपुरको चम्पे माविमा ८ वर्ष, चरम्बीमा २ वर्ष र याकुमा २ वर्ष शिक्षण गरे । शिक्षण गर्दा उनलाई कुनै समस्या थिएन् । महिना मरेपछि तलव पाकिहाल्ने । १२ वर्ष काम गर्दा ३६ वर्षीय कृष्ण सरले सरकारी जागिरबाट दाम मात्र प्राप्त गरे । विद्यार्थीहरूलाई पढायो, घर फक्र्यो । सरकारी जागिरको दैनिकीबाट मान र सान प्राप्त गर्न नसकेपछि उनले २०७० को साउन २ गते महिनाको २४ हजार ४ सय तलव आउने जागिरबाट राजीनामा दिएर गाईको गोबर सोहोर्न थाले । सुरुका दिनमा उनलाई घाँसपानी, कुँडो, खोले गर्न धेरै गाह्रो भयो । पत्नी अम्बिका र परिवारका सबै सदस्यको साथ पाएपछि ३ वर्ष नपुग्दै आफ्नो गोठलाई 'आकृति कृषि फारम' मा बदल्न सफल भए कृष्ण सर । उनको गोठमा अहिले ९ वटा दुहुना गाई, १३ वटा ब्याउने गाई, ७ वटा बाछाबाछी र एउटा साँढेगोरु छन् । दैनिक ८०÷९० लिटर दुध उत्पादन गर्दै आएका आचार्य १५÷२० लिटर दुध गाउँ मै बेच्छन् भने बाँकी पथरी र उर्लाबारीका डेरी उद्योगमा बिक्री गर्नुहुन्छ । दैनिक ४ हजार रुपैयाँको दुध बेच्दै आएका आचार्य हाल खर्च कटाएर मासिक ७५ देखि ८० हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । गाईपालनमा उनको ३३ लाख रुपैयाँ खर्च भइसकेको छ । आचार्य भन्छन् – '३३ लाख भन्दा बढी मूल्यका गाई गोठ मै छन् ।' एउटा बाच्छी १२ देखि १६ महिनामा ३० हजारसम्ममा बिक्री हुने बताउँदै उनले भने – 'दुधको मूल्य लगानीको तुलनामा कमी भयो । सरकारले दाना र औषधी उपचारमा सहयोग गर्ने हो भने दूधमा जिल्लालाई आत्मनिर्भर बनाउने आँट आएको छ ।' अझै बढी दुध उत्पादन गर्न सकिने भए पनि बजारको अभाव भएको उनको भनाई छ । उर्लाबारीमा दूध चिस्यान केन्द्र र प्रशोधन उद्योगको स्थापना भए गाईपालन अझै विस्तार गर्ने सोच आचार्यको छ । उनले सबै गाईको विमा पनि गराएका छन् । जिल्ला मै गाई पाल्ने साना फारम मध्ये आचार्यको फारम यही वर्ष सर्वोत्कृष्ट भएको भयो । जिल्ला पशु सेवा कार्यालय मोरङले उत्कृष्ट भए वापत ४ लाख रुपैयाँ अनुदान दिएपछि हौसिएका आचार्य जागिर छोडेर पनि प्रशन्न छन् । भन्छन् – 'हिजो एउटा शिक्षक थिएँ, आज मोरङको उत्कृष्ट किसान भएर चिनिएको छु ।' आचार्य आफ्नो गोठमा आफैं काम गर्छन् । घाँस काट्ने, कुँडो पकाउने मात्र होइन, भकारो फाल्ने, गाई दुहुने र डेरीसम्म पु¥याउने काम उनी आफै गर्छन् । त्यसो त दुई भाइ र बुहारीले कृष्ण र अम्बिकालाई पुरै भरथेग गरेका छन् । सगोल परिवारमा बसेर कृषि ब्यवसाय गरिरहेका आचार्यले पशु चिकित्सक जेठा दाजुको प्रेरणाबाट गाईपालनमा लागेको बताए । गाई पाल्दाको सबै भन्दा सुपथ आम्दानी गोबर बिक्रीबाट भएको उनको ठम्याई छ । प्रत्येक चार महिनामा ६ ट्याक्टर गोबर बिक्री गर्दै आएका आचार्यले प्रति ट्याक्टर ३ हजारका दरले गोबर मल बेचेको सुनाए । त्यति मात्र होइन, १० कठ्ठा रुखो जग्गालाई उनले हराभरा बनाइसकेका छन् । उनी भन्छन् – 'त्यही जग्गामा घाँस रोपेको छु ।
माध्यमिक तहमा १२ वर्ष नेपाली विषय अध्यापन गराएका कृष्ण सरले चक डस्टर छोडेर गोबर
सोहोर्दै घाँस काट्न थाले
Powered by Blogger.
0 comments
प्रतिक्रिया दिनुहोस्...