एजेन्सी । अधिकांश मानिसहरुमा गर्भावस्थामा यौनसम्पर्क गर्न हुन्छ हुन्न भन्ने कुरामा ज्ञान नभएको भेटिन्छ । अधिकाशंको गर्भावस्थामा यौनसम्पर्क गर्न नहुने धाराण छ । तर नौ महिना भरी नै यौनबाट टाढा रहनु भने राम्रो हुन्न। केही कुरामा ध्यान दिन सकेमा गर्भावस्थामा पनि यौन आनन्द प्राप्त गर्न सकिन्छ ।
सामन्यतया गर्भावस्थामा महिलाहरूमा संभोगप्रति त्यति रुचि हुँदैन। तर केही महिलाहरुमा भने यौनइच्छा तीव्र हुनेगर्दछ ।गर्भावस्थाको सुरुको समयमा मर्निङ सिक्नेस , थकान, वाकवाकी तथा पिसाब लागिरहने समस्याका कारण गर्भवती महिलामा संभोगप्रतिको इच्छामा कमी आउन सक्छ । सेकेन्ड ट्राइमेस्टर अर्थात् दोस्रो तीन महिनामा बढ्छ।
गर्भावस्थाको पहिलो तीन महिना गर्भ तुहिन सक्ने खतरा रहन्छ । त्यसैले यो अवधिमा सहवास गर्नु राम्रो हुँदैन। यो अवधिमा गर्भवती महिलाका साथसाथै भ्रुणमा पनि इन्फेक्सन हुनसक्ने खतरा हुन्छ । तर तेस्रो महिना कटिसकेपछि भने गर्भावस्था सामन्य छ भने यौन सम्पर्क गर्नु खासै नराम्रो असर रहदैन । यो अवधिमा होस पुर्याउदै यौन जीवनको आनन्द लिन सकिन्छ ।
गर्भावस्थाको अन्तिम तीन महिनामा सहवासबाट जोगिनुपर्छ। यो अवधिमा संभोग गर्नु खासै राम्रो मानिदैन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...