-->
अमेरिका आक्रमण:ज्यान जानेको संख्या ५० पुग्यो,आइएसद्वारा आक्रमणको दाबी

अमेरिकाको फ्लोरिडास्थित ओरल्याण्डमा भएको आक्रमणमा परी ज्यान जानेको संख्या ५० पुगेको छ । घटनामा ५३ जना घाइते भएका छन् ।

 
२९ वर्षका ओमार मातिन नाम गरेका बन्दुकधारीले रात्री क्लबमा पसेर अन्धाधुन्ध गोली चलाएका हुन् । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आफुले आक्रमणत गरेको दाबी गरेको छ ।

तर त्यसको स्वतन्त्र पुष्टी भने भएको छैन । आक्रमणकारी ओमान प्रहरीको जवाफी कारबाहीमा मारिएका थिए । फ्लोरिडास्थित ओरल्याण्डको एक पुरुष समलिंगी रात्री क्लबमा एक बन्दुकधारीले आइतबार अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति बाराक ओबामाले आक्रमण आतंक र घृणाको कार्य भएको बताएका छन् । अमेरिकी नागरिक चिहानमा पनि एकताबद्ध हुने र त्यहाँबाट उठेर आफ्नो सुरक्षाका लागि लड्ने राष्ट्रपति ओबामाको भनाई छ ।

ओरल्याण्डोमा भएको आक्रमणमा सर्वसाधारण नगरिकको ज्यान गएकोमा उउले दुःख व्यक्त गरेका छन् । ओबामाले यो घटनाले बन्दुकमाथिको नियन्त्रण सम्बन्धी कानुनलाई थप कडा पार्नुपर्ने देखिएको पनि उल्लेख गरेका छन् ।

उउनले आक्रमणले समलिंगी र तेस्रोलिंगी समुदायमा ठूलो आघात पारेको बताएका छन् । अमेरिकामा यस किसिमका आक्रमण लगातार हुने गरेका छन् । योसहित २५ वर्षको अवधिमा भएका यस किसिमका ठूला आक्रमणमा एक सय ५८ जनाको ज्यान गएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.