भोलि कीर्तिपुर र भद्रकालीको बाह्र वर्षे जात्रा समापन हुँदै
असार १३, २०७३- काठमाडौंको लुमढी भद्रकाली र कीर्तिपुरको बाघ भैरवको बाह्र वर्षे जात्रा भोलि भलभल अष्टमीको दिन समापन हुँदैछ ।
मंगलबार नाचमा सहभागी हुने सबै देवगणहरूलाई तान्त्रिक विधि अनुसार ‘सि: जा: नकेगु’ भनी अन्तिम पटक मृत्यु भात भोजन गराइन्छ । त्यसपछि साँस्कृतिक बाजागाजाका साथ शोभा यात्रा गराइन्छ । अन्तमा मसनमा पुर्याई मुकुट जलाउने परम्परा छ ।
यस दिनको जात्रामा मानिसको मृत्यु हुँदा जसरी नै मानिसहरू रूने, भावविह्ल हुने गर्दछन् । साथै मानिसको मृत्यु हुँदा बजाउने बाजाको पनि प्रयोग गरिन्छ ।(Kantipur samachar )


0 comments
प्रतिक्रिया दिनुहोस्...