सलमान खानकी गलफ्रेण्डले चुनौती दिदै यसो भनिन्
३० जेष्ठ, बलिउडमा यतिखेर सलमान खान र युलिया वंतुरको सम्बन्धले चौतर्फी चर्चा पाएको छ । उनीहरुको विवाह सम्मका खबरहरु पनि बाहिर आइरहेका छन् । सलमान खान यस्ता बलिउडका नायक हुन् जो अभागि प्रेमीको रुपमा पनि परिचित छन् ।
उनले जसलाई सफलताको उचाइमा पुर्याउन मदत गरे उनीहरुले नै उनको साथ छोडिदिएका छन् । धेरैले सलमान नायिकाहरुले सफलताका लागि प्रयोग गर्ने नायकका रुपमा चिन्छन् ।
युलियासँगको सम्बन्धबारे हालसम्म सलमान खानले खुलेर बताएका छैनन् । यसै विषयलाई लिएर पनि मिडियामा सलमान र युलियाबारे धेरै प्रश्नहरु उठाइएको छ ।
ताजा खबरको अनुसार युलियाले सलामान खानको घर अगाडि घर बनाउन खोजेकी छिन् । उनले सलमान खानलाई समेत भनेकी छिन्, ‘म तपाईको घर अगाडि घर बनाउन चाहान्छु । घर किन्न पनि तयार छु ।’
भारतीय मिडियाले दिएको जानकारी अनुसार युलिया आजकाल सलमान खानको बडिगार्डसँग मुम्बइृको कार्टर रोडको चक्कर लगाइ रहेकी छिन् । उनलाई सलामान खानको घर अगाडि नै घर चाहिएको छ । अनलाइन साझा खबरबाट
0 comments
प्रतिक्रिया दिनुहोस्...