काबुलमा थप एक नेपालीको मृत्यु, शव नेपाल ल्याउने तयारी
काठमाडौँ, ८ असार । अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती आतंककारी हमलामा गम्भीर घाइते थप एक नेपालीको मृत्यु भएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतप्रसाद पौडेलले काबुलस्थित अस्पतालमा उपचाररत नुवाकोटका च्याङ्वा तामाङको बुधबार राति (केहिबेर अघि) मृत्यु भएको मृत्यु भएको पुष्टि गरे ।
यो सँगै काबुल आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । घाइते ६ नेपालीमध्ये च्याङ्वा गम्भीर थिए ।
घाइते अन्य पाँच नेपालीलाई थप उपचारका लागि दिल्ली लगिएको प्रवक्ता पौडेलले जानकारी दिए ।
मृतक तामाङको शव नेपाल ल्याउन आवश्यक पहल भइरहेको उनको भनाई छ ।
दैनिक नेपाल बाट।


0 comments
प्रतिक्रिया दिनुहोस्...