-->
जमिन फुटेर ठूलो मूल निस्कियो, गाउँले अचम्मित


गुल्मी, साउन १२ – गुल्मीको अर्खाबाङ्गमा जमिन फुटेर पानीको ठूलो मूल निस्किएको छ । अर्खाबाङ्ग–४ को ठूलाचौरमा मंगलबार राति चौरको मध्य भागबाट गुफा आकारमा जमिन फुटेर धमिलो पानीको मूल निस्किएको स्थानीय कपिलराज रेग्मीले जानकारी दिनुभयो । बुधबार बिहान स्थानीय बासिन्दा ठूलो पानीको मूल देखेपछि देखेपछि अचम्मित भएका छन् । समुद्री सतहबाट १८ सय मिटर माथि रहेको यो ठाउँमा पहिला पानीको मूल थिएन । अहिले पनि त्यहाँबाट धमिलो पानी निस्किरहेको छ ।
वर्षाका कारण गुल्मीका सम्पूर्ण विद्यालय बन्द
अबिरल वर्षासँगै आएको बाढी र पहिरोका कारण हुनसक्ने जोखिमका घटनालाई मध्यनजर गर्दै बुधबारदेखि गुल्मी जिल्लाका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको छ ।
लगातारको वर्षाले विद्यार्थीलाई विद्यालयसम्म पुग्न जोखिम हुने भएका कारण शनिबारसम्मका लागि जिल्लाका सम्पूर्ण विद्यालयहरु बन्द गर्न निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानकारी दिनुभयो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.