-->
चार राज्यमन्त्रीले पनि लिए शपथ

Maoist-State-Ministers

काठमाडौँ, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त चारजना राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्री श्रीप्रसाद जगेबु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विकलाई शपथ गराएका हुन् ।

वर्तमान मन्त्रिपरिषद्मा राज्यमन्त्रीत्रय जगेबुले सङ्घीय मामिला तथा स्थानीय विकास भगतले ऊर्जा र तामाङले कृषि विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ । राज्यमन्त्री विकलाई भने अहिले कुनै मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

उनीहरु चारैजना नेकपा माओवादी केन्द्रका सांसद हुन् । समारोहमा प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्रीलाई फूलमाला र टीका लगाएर स्वागत गरे । समारोहमा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा तथा अन्य मन्त्री उपस्थित थिए


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.