थाइल्याण्डको एक रिसोर्टमा बम विस्फोट
बैंकक- थाइल्याण्डको एक चर्चित रिसोर्टमा गराइएको छुट्टाछुट्टै बम विस्फोटमा परी एक महिलाको मृत्यु भएको छ। १९ जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
घाइते हुनेमा अधिकांश पर्यटक छन्। बैंककस्थित ह्वा हिन रिसोर्टमा आधा घण्टाको फरकमा दुई छुट्टाछुट्टै विस्फोट गराइएको थियो। रिसोर्टको गमलामा राखेर मोबाइलमार्फत् विस्फोट गराइएको थाइ अधिककारीहरुले जनाएका छन्।
हालसम्म विस्फोटको जिम्मेवारी कसैले लिएको छैन। थाइ अधिकारीहरुले घटनाको छानबिन गरिरहेको बताएका छन्। नागरिक न्यूजमा खबर छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...