जन्मेको पहिलो घण्टाभित्रै आमाले आफ्नो शिशुलाई स्तनपान नगराउँदा विश्वका झण्डै ७७ लाख नवजात शिशु मृत्युको जोखिममा पर्ने युनिसेफले जनाएको छ ।
स्तनपान नगराउँदा शिशुहरु आवश्यक पोषण तथा एन्टीबायोटिक्सबाट बञ्चित हुनाले मृत्युको जोखिम बढ्ने युनिसेफको ठहर छ ।
जन्मेको दुई घण्टादेखि २३ घण्टाभित्रमै शिशुुलाई स्तनपान गराउन ढिला गरेमा उनीहरुमा मृत्युको जोखिम पहिलो २८ दिनमा ४० प्रतिशतले बढेर जाने छ । त्यसैगरी २४ घण्टा वा सोभन्दा बढी ढिलाई गरे उक्त जोखिम ८० प्रतिशतले बढ्छ ।
‘प्रारम्भिक स्तनपानले जीवन र मरणमा फरकपन ल्याउन सक्छ’, युनिसेफका सिनियर न्युटि्रसनिष्ट सल्लाहकार फान्स्र बेगिङ्गले विज्ञप्तीमार्फत भनेका छन्, ‘यदी सबै शिशुलाई जन्मिएदेखि छ महिनाको नहुँदासम्म सिर्फ स्तनपान मात्र गराउन सकिएपनि वार्षिक ८० हजारभन्दा बढीको ज्यान बचाउन सकिन्थ्यो ।’
आमाको दूध शिशुको पहिलो खोप हो, यसले शिशुलाई रोग तथा रोग विरुद्ध बचाउन प्रभावकारी भूमिका खेल्छ । शिशुलाई आमाको छातीमा राख्नाले मात्र पनि उनीहरुलाई आवश्यक पोषण तथा एन्टीबायोटिक प्रदान हुनका साथै शिशु र आमाबीचको छालाको स्पर्शले मात्र पनि शिशुलाई विभिन्न रोग लाग्नबाट जोगाउँछ ।
त्यसैले, शिशुलाई आमाको दूध पिलाउन ढिलाइ गर्नाले शिशुको बाँच्ने संभावनालाई न्युन मात्र गर्दैन, यसले दूधको आपूर्तिलाई नै सीमित गरी विशेष स्तनपानको संभावनालाई समेत कम गर्दै लैजान्छ ।
युनिसेफले यो जानकारी ‘विश्व स्तनपान सप्ताह’ को पृष्ठभूमिमा प्रस्तुत गरेको हो, जुन स्तनपानको प्रचार तथा नवजात शिशुको पोषण सुधार गर्ने उद्देश्यले यही अगष्ट एक तारिखदेखि सात तारिखका दिनसम्म सप्ताहव्यापी विश्वका १७० देशहरुमा एकसाथ मनाइने गरिन्छ ।
यद्यपी, युनिसेफको तथ्यांकले के देखाएको छ भने जीवनको पहिलो घण्टाभित्रमा नवजात शिशुलाई गराइने स्तनपानको प्रगति स्तर पछिल्लो पन्ध्र वर्षमा ढिला भइरहेको छ ।
यसमा विशेष ध्यान सब-सहारान अफि्रकातर्फ छ, जहाँ पाँच प्रकारका मृत्युदर विश्वमै उच्च छ । त्यहाँ पश्चिम तथा मध्य अफि्रकालाई छोडेर पूर्व तथा दक्षिण अफि्रकामा सन् २००० देखि स्तनपानको स्तरमा १० प्रतिशत अंकलेमात्र वृद्धि भएको छ ।
दक्षिण एशियामै पनि, जहाँ प्रारम्भिक स्तनपानको दर १५ वर्षमा तीन गुणाले बढेको छ, जुन सन् २००० मा १६ प्रतिशतबाट २०१५ मा ४५ प्रतिशत पुगेको छ, यो बढोत्तरी सोचे भन्दा पर्याप्त छः जहाँ २१ लाख नवजात शिशु अहिले पनि स्तनपान गर्नुपूंर्व लामो समयसम्म प्रतिक्षारत रहने गदर्छन् ।
युनिसेफले यो पनि भनेको छ कि नवजात शिशुलाई तत्काल स्तनपान गराउन आवश्यक पर्ने कुनै प्रकारको मद्दत महिलाहरुले पाइरहेका छैनन् । जबकी चिकित्सक, नर्स अथवा सुडेनीले नै उनीहरुलाई प्रसव गराउन सहायता गरिरहेका हुन्छन् ।
उदाहरणका लागि मध्यपूर्व, उत्तर अफि्रका र दक्षिण एसियामा तालिम नपाएको व्यक्तिबाट प्रसव गराउने महिलाका तुलनामा तालिम प्राप्त व्यक्तिबाट बच्चा जन्माउने महिलाहरुमा शिशु जन्मेको पहिलो घण्टाभित्रै स्तनपान गराउन कम प्रोत्साहित हुने गरेका छन् ।
त्यसैगरी, नवजात शिशुलाई अन्य तरल पदार्थ एवं खाद्य पदार्थ खुवाउनु पनि उनीहरुलाई स्तनपान गराउन ढिलाई हुनु अर्को कारण हो । धेरैजसो देशहरुमा शिशु जन्मेको पहिलो तीन दिन गाईको दूध अथवा चिनी पानी ख्वाउने पनि चलन छ ।
‘जब शिशुहरुलाई आमाको दूधको तुलनामा कम पोषणतत्व दिइन्छ, उनीहरु त्यति नै कम स्तनपान गर्दछन्, जसले आमाहरुलाई पुनः स्तनपानको सुरुवान गराउन समस्या पर्छ,’ एजेन्सीले भनेको छ,’ ‘विश्वव्यापी रुपमा, छ महिनाभन्दा मुनिका केवल ४३ प्रतिशत शिशुले मात्र स्तनपान गदै आएका छन् ।’
शिशु जसले आमाको दूध सेवन गरेका छैनन्, उनीहरुमा केवल आमाको दूधमात्र सेवन गर्नेको तुलनामा मृत्युको संभावना १४ गुणा बढी रहन्छ । तर, थोरै मात्रको स्तनपानले पनि शिशुको मृत्युको जोखिमलाई कम गर्न सक्छ ।
विशेषगरी जन्मेको छ महिनाभित्र थोरै मात्र स्तनपान गर्नेको तुलनामा नगर्ने शिशुमा विभिन्न रोगको संकमणका कारण मृत्यु हुने सम्भावना सात गुणा बढी रहन्छ ।
(एजेन्सीको सहयोगमा/तस्वीर: मेडिकल डाइस)
0 comments
प्रतिक्रिया दिनुहोस्...