-->
क्यानाडाको पीआरधारी भनि विहे गर्दा बसको ड्राइभर परेपछि

काठमाडौं । नेपालीहरुमा फेसबुकको नशा बेजेडले बढेको छ । सहरका मात्र होइन गाउँ गाउँसम्म फेसबुक अकाउन्ट खोल्ने लहर चलको छ ।

 

यही फेसबुकको माध्यमले कतिपयले चिनजान गरेर विहे गरेका छन् । फेसबुकले नै देशविदेशमा रहेका आफन्त नजिक भएका छन् । यही फेसबुकले कतिपयको जिन्दगी भने बर्बाद समेत हुने गरेको छ । 

 

फेसबुकमार्फत चिनजान भएकी एक यवकसँग बिहे गर्दा गत महिना झापामी एक युवती बर्बाद भईन । क्यानाडाको पीआरधारी करोडपति ठानेर बिहे गर्दा बस ड्राइभरको फन्दामा परेकी थिइन् ।

 

चितवनका महेश पराजुलीले सम्पत्ति खानका लागि त्यस्तो नाटक गरेका थिए । झापाकी युवतीलाई फसाउनुअघि नै अन्य ६ जना युवतीलाइ उनले आफू क्यानडाको पीआरवाला भएको भ्रममा पारी बिहे गर्दै पैसा लुट्दै आएका थिए ।

 

पराजुलीले झुक्याएर बिहे गरेको भन्दै झापा प्रहरीले पक्राउ गरी उनलाइ बलात्कार मुद्धा चलाएपछि उनी अहिले जेल लान भएका छन् । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.