रियो ओलम्पिकमा आयोजक ब्राजिलको जितबिहिन सुरुवात
साउन २१ –रियो ओलम्पिक अन्तर्गत बिहीबार भएको पुरुष फुटवल खेलमा आयोजक राष्ट्र ब्राजिल बराबरीमा रोकिएको छ । सन् २०१२ को ओलम्पिक उपविजेता ब्राजिल दक्षिण अफ्रिकासँग १–१ को बराबरीमा रोकिएको हो ।
ब्राजिलका लागि बार्सिलोनाका फरवार्ड नेयमारबाट ठूलो आशा गरिएपनि उनले ब्राजिललाई खेल जिताउन सकेनन् । १० खेलाडीमा सिमित दक्षिण अफ्रिकाले आयोजक राष्ट्र ब्राजिलका केही प्रहरालाईबचाउ गर्दै उत्कृष्ट सुरुवात गरेको छ ।
नेशनल मानेमा रंगशालामा भएको यो खेल ब्राजिलियन समर्थकले रंगशाला भरिभराउ थियो । ब्राजिलका लागि म्यानचेष्टर सिटीका नयाँ फरवार्ड गेव्रिल जिउजले गरेका केही शक्तीशाली प्रहार पनि विफल भए र दक्षिण अफ्रिकासँग १–१ को बराबरी खेल्दै अंक बाड्न पुग्यो । यि दुई देश समूह ए मा छन् ।
त्यस्तै समूह एमै रहेका अर्का राष्ट्र इराक र डेनमार्कले पनि गोलरहित बराबरी खेलेपछि यो समूहका सबैको अंक समान १ भएको छ । अर्को चरण पुग्ने सम्भावना पनि सबैको समान छ । इराकका लागि राउद अबुल आमिरले गरेकाे उत्कृष्ट प्रहारलाई डेनमार्कका गोलरक्षकले बचाएपछि इराक जितबाट बञ्चित रह्यो ।
उद्घाटन समारोह हुनभन्दा एकदिन अघि नै यो सुरु भएको छ । खेल तालिकाको चापका एक दिन अघि नै सुरु गरिएको आयोजकले जनाएका छन् । उज्यालो ९०नेटवर्कमा सामाचार छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...