3

उपेन्द्र केसी
सोमवार फिस्टेल एयरको नाइन एनकेए कलसाइन भएको हेलिकोप्टर गोरखाको सिर्दिवासबाट बिरामी लिएर काठमाडौं आउँदै गर्दा नुवाकोटमा दुर्घटना भयो । चालकसहित सात जनाको मुत्यु भयो । दुर्घटनाको भोलीपल्ट सरकारले छानविन गर्न नेपाल नागरिक प्राधिकरण अन्र्तगत हवाई विभागका प्रमुख हरिभक्त श्रेष्ठको अध्यक्षतामा छानविन समिति बनायो । हवाई दुर्घटनापछि सरकारले छानविन समिति बनाएको यो पहिलो घटना होइन । जति पटक नेपालमा हवाई दुर्घटना हुन्छन त्यति नै पटक छानविन समिति बन्छन् । छानविन समितिले भत्ता खाएर प्रतिवेदन दिन्छन् न प्रतिवेदन कार्यान्वयन हुन्छन, नत हवाई दुर्घटना रोकिन्छन । आखिर किन ?

अहिले हवाई दुर्घटनाका समाचारहरु सामान्य बन्दै जान थालेका छन् । हवाई दुर्घटनाको डरलाग्दो पक्षसँग सरकार उदासिन हुँदा बर्षेनी सयौ नागरिकले ज्यान गुमाउनु परेको छ । तर सरकार भने छानविन समिति बनाउने र प्रतिवेदन सार्वजनिक गर्ने कार्य बाहेक अरु गर्न सक्दैन । गरिव देशमा निरह सरकारको उदाहरण नागरिकले पाउँदै आएका छन् ।

नुवाकोटमा हवाई दुर्घटना भएको केही दिनमै कर्णाली नदिमा अर्काे हवाई दुर्घटना भयो । हामफालेर ज्यान जोगाउन सफल भए पाइलट । त्यतिमात्रै होइन, विमानहरु ठूलो दुर्घटना हुनबाट बचेका समाचारहरु पनि प्राय सुन्नमा आइरहेका छन् । केही महिना अघि सिम्रिक एयरको हेलिकोप्टर टेकअफ गर्ने बेला केही दिन अघि आगो लागेर दुर्घटना भयो । त्यसरीनै केही महिना अघिनै गोरखाको उत्तरी तिब्बतसँग सिमाना जोडिएको सामागाउँ –७ को साम्दोमा दुर्घटना भएपछि हेलिकोप्टर पूरै जल्यो । तर, मानवीय क्षति भने भएन । त्यसबीचमानै यति एयरको विमान दुर्घटना हुनबाट बालबाल बच्यो । एक वर्ष अघि विनाशकारी भूकम्प आएको केही दिनमै उद्दारमा दोलखा गएको अमेरिकी सेनाको मरिनको युएच १ वाई हुवे हेलिकप्टर दुर्घटना भयो । अमेरिकी हेलिकोप्टर दुर्घटना भएको खबर सेलाउन नपाउँदै सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन हेलिकोप्टर्स ९ एनएजेपी नामक हेलिकोप्टर दुर्घटना भयो । क्याप्टेन सुवेक श्रेष्ठसहित चार जनाले ज्यान गुमाए ।

Nuwakot-Pland-Crash-3छोटो समयमै एक पछि अर्को नेपाली आकाशमा हवाई दुर्घटनाको श्रृँखला बढ्दै गएको छ । एकपछि अर्को हवाई दुर्घटना हुँदै जाँदा पनि त्यसको सत्यतथ्य पत्ता लगाउने र आउने दिनमा हवाई दुर्घटना नियन्त्रण गर्न सम्बन्धित निकाय भने जिम्मेवार देखिएको पाइँदैन ।

हवाई दुर्घटनामा भौगोलिक बनावट र मौसमी गडबढी प्रमुख कारण देखाए पनि थोत्रा र प्राविधिकरुपमा अयोग्य जहाजलाई उडान भर्ने अनुमति दिएका कारण नेपालमा हवाई दुर्घटना दिनानुदिन बढ्दै गएको कुरामा कुनै द्विविधा छैन । आयोग गठन केवल दुर्घटनालाई साम्य पार्नलाई मात्र हुँदै आएको देखिन्छ । सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायले गम्भीरता नदेखाएकै कारण हवाई दुर्घटना बढ्दै गएको छ । आयोगले दिएका सुझावहरु मन्त्रालयले कार्यान्वयन नगरेका कारण नेपाली आकाश दिनप्रतिदिन असुरक्षित बन्दै गएको छ । हरेक हवाई दुर्घटना जाँच आयोग गठन हुँदा एकाध सुझाव दिने र त्यसलाई त्यतिकै थन्काएर राख्ने परम्परा बस्दै आएका कारण हवाई दुर्घटना न्यूनिकरण हुन नसकेको हवाई क्षेत्रका जानकारहरु लामो समयदेखि बताउँदै आएका छन् ।Kastamandap-Airlines-Plane-Crash
एकपछि अर्काे हवाई दुर्घटना बढ्दै जाँदा समेत सम्बन्धित निकाय गम्भीर बनेको देखिदैन् । अहिलेसम्म भएका दुर्घटनाका कारण एटीसी संचालनको गल्तीले दुर्घटना भएको देखाइदै आएको छ । धेरैजसो विमान दुर्घटनाको प्रतिवेदनमा पाइलटमाथि दोष थुपारेको पाइएको छ । यसको अर्थ हुन्छ, पाइलटतिर औंला सोझ्याएर खास कारण खोज्ने झन्झट नगर्ने तथा आफ्नो गल्ती लुकाउनुमै सम्बन्धित निकायले काम गर्दै आएको छ ।
जब कि थोत्रा जहाज र बढी वजन दुर्घटनाका मुख्य कारण हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार २० वर्ष भन्दा पुराना जहाज चलाउँन पाइदैन् । तर, यहाँ भने एउटा कम्पनीले पुरानो भएपछि अर्काे कम्पनीलाई भाडामा दिने वा विक्री गर्ने प्रचलन रहिआएको छ । यसरी विक्री भएका जहाजहरुमा ५० वर्ष पुराना जहाजपनि सञ्चालनमा ल्याइएको छ । जसले गर्दा पनि नेपाली विमानहरु असुरक्षित भएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार २० वर्ष भन्दा पुराना जहाज उडाउँन पाइदैन् । यसरी विक्री भएका जहाजहरुमा ५० वर्ष पुरानो पनि सञ्चालनमा ल्याइएको छ । जसले गर्दा पनि नेपाली आकाश असुरक्षित बन्दै गएका छन् भनियो भने गलत अर्थ लाग्ने छैन । प्राधिकरणका अधिकारीहरुले जहाज दुर्घटनामा भौगोलिक बनावट र मौसमी गडबढी प्रमुख कारण देखाए पनि थोत्रा र प्राविधिकरुपमा अयोग्य जहाज उडान भर्ने अनुमति दिएका कारण पनि दुर्घटना बढ्दै गएको हो ।
प्राधिकरणले हवाई उडान जस्तो अत्यन्तै सम्वेदनशील क्षेत्रलाई हल्का रुपमा लिदै आएको र त्यस अनुसारको सम्वेदनशीलता नदेखाएकै कारण मुलुकको हवाई क्षेत्र असुरक्षित बन्दै गएको हो ।  प्राधिकरणभित्र रहेको सुरक्षा विभागले कुनै पनि जहाज उडान भर्नुभन्दा अघि चेकजाँच गरेर सो जहाज उडान भर्नका लागि योग्य छ वा छैन भनेर विभागले स्वीकृति दिएपछि मात्रै उडान भर्न पाउँछ । विभागले चेकजाँचको क्रममा सो जहाज उडान भर्नका लागि योग्य नभएको रिपोर्ट दियो भने सो जहाजले उडान भर्न पाउँदैन् । हवाई सुरक्षा विभागका उच्च अधिकारीहरुले जहाज उडान भर्नु अघि चेकजाँच गर्ने क्रममा लापरर्वाही र हेलचक्राई गर्दै आएका कारण प्राविधिक रुपले उडान भर्नका लागि योग्य नभएका जहाजहरुले पनि उडान भर्दै आउने गरेका छन् ।
2
प्राधिकरणका उच्च अधिकारीहरु जहाज कम्पनीका मालिकहरुसँग आर्थिक प्रलोभनमा परी उडानका लागि अयोग्य जहाजलाई पनि उडान भर्ने अनुमति दिदै आएका कारण हवाई यात्रा दिनानुदिन असुक्षित बन्दै जान थालेको हो । सुरक्षा विभागले चेकजाँचकै क्रममा लापरर्वाही र गैरजिम्मेवारीका कारण हवाई यात्रा असुरक्षित बन्दै गएको देखिएको छ । करिब तीन वर्ष अघि सुरक्षा विभागले अग्नि एयरको जहाज दुर्घटना भएको एक सातापछि जहाजहरुको अचानक चेकजाँच गरेको थियो । त्यति बेला स्वदेशी वायुसेवा कम्पनीका जहाज चेकजाँच गर्दा जहाजमा दशवटा खराबी देखापरेको थियो । सुरक्षा विभागले अचानक गरेको त्यतिबेला चेकजाँचको क्रममा श्री एयरको एक, काष्ठमण्डम एयरको तीन, एयर डाईनाष्टिकको एक र माउन्टेन एयरको एक जहाजमा खराबी रहेको अर्थात, उडान भर्न अयोग्य भएको देखाएको थियो । त्यतिबेला गरेको चेकजाँचको क्रममा जहाजका पार्टपूर्जा, उडान सुरक्षा, उपकरण र जहाजको अवस्थाको बारेमा चेकजाँच गरिएको थियो । अहिलेसम्म भएका दुर्घटनाका कारण एटीसी संचालनको गल्ती देखाउने गरिन्छ । धेरै जसो विमान दुर्घटनाको प्रतिवेदनमा पाइलटमाथि दोष थुपारिन्छ । तर यथार्थमा थोत्रा जहाज र बढी वजन दुर्घटनाका मुख्य कारण हुन् ।

छ दशक भन्दा लामो हवाई उडानको इतिहासमा नेपालको आकाशमा करिब ७० वटा हवाई जहाज दुर्घटना भएका छन् । जहाज दुर्घटना परेर मात्रै ज्यान गुमाउनेको संख्या ६ सय नागिसेको छ । छ दशक लामो हवाई इतिहासमा दुई दशककाबीचमा धेरै दुर्घटना भएका छन् । तथ्याकअनुसार २०२६ सालयता २४ वटा जहाज दुर्घटना परेका छन् । सरकारले सन् १९९० को दशकमा उदार आकाशको नीति लिएपछि नेपाली आकाशमा नीजी क्षेत्रका जहाजहरुले उडान भर्न थालेका हुन् । त्योसँगै नेपाल वायुसेवा निगमको एकाधिकारको अन्त्य भएको हो । यसबीचमा जहाजहरु थपिँदै गए । तर, त्यस अनुसारको सुरक्षा, पार्किङ, सुविधा, हवाई सेवा अनुगमन गर्ने निकायले प्रभावकारी ढंगले काम गर्न नसकेकै कारण हवाई क्षेत्र असुरक्षित बन्दै गएको हो । निजी कम्पनीका जहाज मालिकहरुले सुरक्षालाई भन्दा कमाईलाई पहिलो प्राथमिकतामा राख्दै काम गर्दै आएको र त्यसलाई प्राधिकरणका कर्मचारीहरुले पनि सघाउँदै आएका कारण हवाई सेवा असुरक्षित बन्दै आएको हो । प्राविधिकरुपले असुरक्षित जहाज कर्मचारीहरुको सहयोगमा अहिले पनि आकाशमा उडाउँदै आउने गरेको छ । त्यति मात्रै होइन् तिनै कर्मचारीहरुको मिलोमतोमा आवश्यकता भन्दा बढी तौल बोकेर जहाजहरुले उडान भर्दै आएका छन् । त्यो पनि असुरक्षाको अर्काे कारण हो ।