-->
कञ्चनपुरका एक सय ५५ विद्यालयको खाता रोक्का


कञ्चनपुर, २० साउन
       शिक्षा कार्यालय कञ्चनपुरले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने १५५ सामुदायिक विद्यालयको रकम रोक्का गरेको छ । शिक्षा कार्यालयको भौतिक शाखाको सिफारिसमा असार मसान्तमा निर्माण नसकिएपछि अन्तिम किस्ता रोक्का
गरिएको हो । गत आवमा विद्यालय भौतिक पूर्वाधार विकास
कार्यक्रमअन्तर्गत १९२
विद्यालयसँग निर्माण सम्झौता
गरिएको थियो ।
शिक्षा कार्यालयले गत वर्षको असार
मसान्तमा सम्पन्न हुने गरी
विद्यालयसँग रु ११ करोड १६ लाखको
सम्झौता गरेको थियो ।
सम्झौताअनुसार असार मसान्तमा काम
नभएपछि अन्तिम किस्ता रोक्का
गरिएको हो । कार्यालयका अनुसार ती
सबै विद्यालयको रु एक करोड २७
लाख १७ हजार ५०० रकम रोक्का
गरिएको छ ।
कार्यालयका लेखा अधिकृत दुर्गादत्त
पन्तले निर्माण सम्पन्न नभएपछि
प्राविधिक फाँटको सिफारिसमा अन्तिम
किस्ता रोक्का गरिएको बताए ।
हालसम्म ३७ विद्यालयले मात्रै
सम्झौता अनुसारको भुक्तानी लिएका
छन् । तीबाहेकका अन्य विद्यालयको
रकम रोक्का गरिएको अधिकृत पन्तले
बताए ।
शिक्षा कार्यालयले भौतिक
पूर्वाधारमा सम्झौता गरेपछि ३०
प्रतिशत, त्यसपछि प्राविधिक
प्रतिवेदनका आधारमा ४० प्रतिशत र
काम सम्पन्न भएपछि अन्तिम किस्ता
३० प्रतिशत रकम विद्यालयका
खातामा पठाउने गरेको छ ।
शिक्षा कार्यालयले गत माघ र
फागुनमा भौतिक पूर्वाधारको रकम
सम्बन्धित विद्यालयको खातामा
पठाएको थियो । शिक्षा कार्यालयका
लेखा अधिकृत पन्तले पनि विगतदेखि नै
काम नभएपछि रकम रोक्का हुँदै
आएकाले यस वर्ष पनि रोकिएको बताए
कार्यालयले अन्तिम किस्ता रोक्का
गरे पनि विद्यालयले त्यस अघिका दुई
किस्ताको खाताबाट रकम झिकेर खर्च
गरिसकेका छन् ।
बेदकोट नगरपालिकाको धरमपुरस्थित
मुक्ति प्राथमिक विद्यालयका
प्रधानाध्यापक कल्यान ओझा
व्यवस्थापन समितिको बेवास्ता,
निर्माण समिति गठन, स्थानीयलाई
भवन निर्माणसम्बन्धी जानकारी नहुने,
समान खरिदमा हुने मोलमलाई र
प्राविधिकको कमजोरीले सामुदायिक
विद्यालयले सम्झौताअनुसार निर्माण
कार्य गर्न नसकेको हाे ।
शिक्षा कार्यालयका सहायक जिल्ला
शिक्षा अधिकारी पदमराज भट्टले
निर्माण सम्पन्न नभएपछि सम्बन्धित
विद्यालयको खाता रोक्का गरिएको
बताउनुभयो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.