२० सेकेण्डमै गोल
साउन २० – रियो ओलम्पिक २०१६ अन्तर्गत महिला फुटबलमा आयोजक ब्राजिल, क्यानडा, जर्मनी र स्वीडेनले विजयी सुरुवात गरेका छन् ।
बुधबार राति भएको उद्घाटन खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई १–० ले हराएर विजयी सुरुवात गरेको हो । स्वीडेनको जितमा निला फिशरले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि भएको खेलमा आयोजक ब्राजिलले चीनलाई ३–० ले हरायो । ब्राजिलको जितमा मोनिका, एन्ड्रेसा एल्भेस र क्रिष्टिएनीले एक एक गोल गरे । यस्तै क्यानडाले अस्ट्रेलियालाई २–० ले हरायो ।
क्यानडाकी जेनिन बेकेइले खेल सुरु भएको २० सेकेण्डमै गोल गरिन् । यो ओलम्पिक महिला फुटबलमा अहिलेसम्मकै सबै भन्दा छिटो भएको गोल हो ।
अर्को खेलमा जर्मनीले जिम्बाबेलाई ६–१ ले हरायो । रियो ओलम्पिकको औपचारिक उद्घाटन शुक्रबार हुने भएपनि फुटबलका खेल भने बुधबारदेखिनै सुरु भएका हुन् । पुरुष फुटबलका खेल बिहीबारदेखि सुरु हुनेछ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...