-->
स्विटजरल्याण्डमा गुडिरहेको रेलभित्र अन्धाधुन्ध चक्कु प्रहार र आगजनी, आधा दर्जन बढी घाइते

एजेन्सी । ज्वलनशिल पदार्थ र चक्कु सहित स्विटजरल्याण्डमा एक युवकले गुडिरहेको रेलमा चक्कु प्रहार र आगजनी गरेका छन् । २७ बर्षिय युवकले गरेको आकस्मिक आक्रमणबाट रेलमा सवार ६ जना यात्रु घाइते भएका छन् । 

घाइतेको शरिर पूरै जलेकाले अवस्था गम्भीर रहेको अन्तराष्ट्रिय मिडियाले जनाएको छ । स्रोतका अनुसार घाइते हुनेमा छ बर्षिय बालक सहित आक्रमणकारी पनि छन् । 

घटना कुनै आतंकवादसँग नभएको भन्ने पुष्टी भए पनि युवकले किन आक्रमण गरे र यसमा कस्को संलग्ना छ भन्ने विषयामा स्वीस सरकारले घटनाको छानबिन गरीरहेको जनाएको छ ।

Medianp



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.