झोलुङ्गे पुलमै दुई घण्टा जाम, जोखिमपूर्ण यात्र गर्दै तिर्थयात्री
ओखलढुंगा, साउन ३०– ओखलढुंगाको जयरामघाट र खोटाङको बाहुनीडाँडा जोड्ने जीर्ण झोलुंगे पुलमा हलेसी जाने तीर्थयात्रीको भीड लागेपछि पुलमै जाम हुने गरेको छ । पूर्वको पशुपति भनेर चिनिने हलेसी जाने र आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको भीडका कारण पुलमै दुई, तीन घण्टासम्म जाम हुने गरेको हो । सबैभन्दा बढी आइतबार र सोमबार जाम हुने गरेको छ । हलेसी जाने तीर्थयात्री, मोटरसाइकलसमेत एकसाथ दुधकोशी तर्ने भएकाले पुलमा जाम हुने गरेको हो । पुलमा क्षमताभन्दा बढी तीर्थयात्रीले मोटरसाईकल एकैसाथ तार्दा पुल नै चुँडिने खतरामा छ ।
यात्रीलाई रोक्दा रोक्दै पनि एकैपटकमा १० वटा भन्दा बढी मोटरसाईकल पुलबात तार्दा तीन ठाउँका नट बोल्टुहरु भाँचिइसकेको जयरामका स्थानीय धुम्मराज राईले बताउनुभयो । स्थानीय प्रशासनलाई यसबारेमा जानकारी गराए पनि चासो नदिइएको गुनासो राईले गर्नुभयो ।
स्थानीयको प्रयासमा एकपटकमा पाँचवटाको दरले मात्र मोटरसाईकल तार्न दिँदा पनि दुईतर्फबाटै आउने सवारीको कारण धेरै लामो जाम हुने गरेको छ । आईतबार र सोमबारका दिन पारेर बोलबमका लागि आउने भारतीयको संख्या १० हजार देखि अधिकतम् २० हजार सम्मको संख्या रहेको छ । सुनकोशीमा पक्की पुल बनेयता हलेसी आउने भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको हो ।
जयरामघाटमा पक्की पुलको काम ठेकेदारले ढिलाई गरेको कारण यात्रुहरु वर्षौँ पुरानो झोुलुङ्गे पुलमै निर्भर हुनु परेको छ । दैनिक कैयौं टन उपभोग्य सामाग्री यही पुलबाट तारेर खोटाङ सदरमुकाम दिक्तेल र आसपासमा लाने गरिन्छ । पुल दुईवर्ष अघिमात्र मर्मत गरेको भएपनि यात्रु र भरियाको चापले गर्दा फेरी जीर्ण हुन थालेको स्थानीय दिनेश राईले बताउनुभयो । पुर्बेलीन्युजबाट साभार।


0 comments
प्रतिक्रिया दिनुहोस्...