-->
सरकार बनाउने र भत्काउने खेल बिकास निर्माणमा पनि -करोडौं लगानीमा बनाइएको कलङ्कीको आकाशे पुल ३ वर्षमै भत्काइयो ।)

काठमाडौं । काठमाडौंको कलङ्की चक्रपथमा निर्मित आकाशे पुल स्थापना भएको ५ वर्ष नपुग्दै भत्काइएको छ । सो पुल काठमाडौं महानगरपालिकाले २०७० सालमा निर्माण सम्पन्न गरेको थियो । चीन सरकारको सहयोगमा चक्रपथ निर्माण गर्ने आयोजनाको पूर्णताका लागि कलङ्कीको चक्रपथ भत्काइएको हो । महानगरपालिकाले सार्वजनिक–निजी साझेदारीअन्तर्गत इनोभेटिभ कन्सेप्ट प्रा.लि.सँग मिली सो पुल निर्माण गरेको थियो तर चक्रपथ विस्तार आयोजनाले एक वर्षअघिदेखि नै सो आकाशेपुललाई भत्काउन महानगरपालिकासँग आग्रह गर्दै आएको थियो ।

orivtx1471076106kalanki-pul-1

महानगरपालिकाले इनोभेटिभ कन्सेप्ट प्रा.लि.सँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले निर्माण गरेको सो पुलको विषयमा केही समयअघि देखि  हानाथाप हुन थालेको थियो । चक्रपथ विकास आयोजनाले चक्रपथ विस्तारको बारेमा थाहा हुँदा–हुँदै पनि महानगरपालिकाले जबर्जस्ती पुल बनाएको र त्यसले हाल समस्या भएको बताएको थियो भने महानगरपालिकाले सो कुरालाई नकार्दै आएको थियो ।
यसैबीच विवादित कलङ्कीको आकाशे पुल भत्काइए पछि चक्रपथको कलङ्की–कोटेश्वरको १० किमी सडक विस्तारको अवधि डेढ वर्षमा सम्पन्न हुने बताइएको छ । चीन सरकारको करिब रु पाँच अर्ब (३१२ मिलियन युआन) अनुदान सहयोगमा २७ किमी चक्रपथमध्ये १० किमी खण्डलाई आठ लेन बनाउने काम भइरहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.