-->
भूकम्पपीडितलाई थप एक लाख

pm prachanda

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्ष गएको विनाशकारी भूकम्पबाट पीडित जनतालाई राहत स्वरूप थप एक लाख रुपैयाँ दिने तयारी गरिएको बताएका छन् ।

यसको विषयमा दातृ निकायसँग छलफल भइसकेको उनले बताए । यसअघि सरकारले घर बनाउन पहिलो किस्ता स्वरूप दुई लाख दिने निर्णय गरेको थियो । त्यसमा थप रकम थपिदिने प्रधानमन्त्रीले उद्घोष गरेका छन् ।

पीडितलाई उक्त रकम ४५ दिनभित्र उपलब्ध गराउने काम तीव्रताका साथ भइरहेको बताएका छन् ।

मङ्गलबारसम्म एक लाख २० हजारलाई पहिलो किस्ताको दुई लाख रुपैयाँ हस्तान्तरण भइसकेको प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले पीडितका लागि अर्को थप दुई लाख सस्तो ऋणको रूपमा दिनेबारे पनि पहल भइरहेको बताएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.