-->
रियो ओलम्पिक : जर्मनी र मेक्सिको बराबरी, पाेर्चुगलले हरायो अर्जेन्टिनालाई

साउन २१ – रियो ओलम्पिकमा बिहीबार राति पुरुष फुटवल अन्तर्गत भएको मेक्सिको र जर्मनीबिचको खेल बराबरीमा राकिएको छ । समूह सि मा रहेका यि दुई देशले २–२ गोलको बराबरी खेलेका छन् । 
मेक्सिकोका लागि ओरविल पेर्टलले दास्रो हाफमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।  तर जर्मनका लागि आर्सनलका मिडफिल्डर सर्जियो ग्रन्वीले मेक्सिको गोल गरेको केही मिनेटमा नै गोल गर्दै खेल बराबरीमा ल्याए ।  
रोडोल्फ पिजाराले उत्कृष्ट गाेल गर्दै फेरि मेक्सिकोलाई २–१ को अग्रता दिलाए । तर माथिस गिन्टरले हेड मार्फत गोल गर्दै जर्मनलाई बराबरीमा ल्याएका थिए । बराबरी खेल्दै यि दुईले १–१ अंक बाँडेका छन् ।
त्यस्तै समूह डिमा रहेको पोर्चुगलले भने विजयी सुरुवात गरेको छ । पोर्चुगलले अर्जेन्टिनालाई २–० गोल अन्तरले हरायो । यो नै ओलम्पिकमा पुरुष फुटवलको पहिलो जित हो । 

दास्रो हाफमा पोर्चुगलका स्ट्राइकर गोनालो पेकिनले गाले गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । दोस्रो गोल अर्जेन्टिनाका गोल रक्षकको गल्तीले हुँदा पोर्चुगलले खेल २–० गोल अन्तरले जित्यो । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.