-->
बेलायती राजकुमार हृयारीले आफ्नो नेपाल भ्रमण कूटनीतिक मात्र नभई व्यक्तिगत पनि भएको बताएका छन् ।

६ चैत, काठमाडौं । बेलायती राजकुमार हृयारीले आफ्नो नेपाल भ्रमण कूटनीतिक मात्र नभई व्यक्तिगत पनि भएको बताएका छन् ।

बेलायती राजकुमार हृयारी ५ दिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेपछि हृयारी नेपाल र बेलायतको द्विपक्षीय सम्वन्ध स्थापना भएको २०० औं वर्षगाँठ तथा आफ्नो सम्मानमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले आयोजना गरेको कार्यक्रममा सहभागी भए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले गोर्खा सैनिकको निकै प्रशंसा गरे । नेपाल र बेलायतको सम्वन्ध स्थापना भएको २०० वर्षगाँठको अबसरमा रानीले नेपाल जान अनुरोध गरेपछि आफु यहाँ आउन निकै उत्सुक बनेको उनले बताए ।

तर, यो भ्रमण आफ्नो लागि व्यक्तिगत पनि भएको बताए । ‘विश्वले गोर्खा सैनिकलाई बहादुरी र साहसका लागि चिन्ने गरेको छ’ निकै बर्ष गोर्खा सैनिकको बिचमा बिताएका उनले तारिफ गर्दै भने- तर, उनीहरु विनम्र र दयालु पनि छन् ।’

अफगानिस्तानमा केही समय गोर्खा सैनिकहरुसँग बिताएको स्मरण गर्दै उनले भने, ‘यो भ्रमणमा मैले ती असाधारण सैनिकहरु जन्माउने समुदायलाई भेट्न पाउनेछु ।’ गोर्खा सैनिकहरुलाई ‘नेपालका प्रशिद्ध राजदूत’ भन्दै उनले यो भ्रमणले उनीहरुप्रति आदर व्यक्त गर्ने अवसर दिएको बताए ।

विनाशकारी भूकम्प गएको एक वर्षमा भएको आफ्नो भ्रमण मृतकहरुप्रति श्रद्धान्जली दिने र पीडिलाई केही गर्न सकिन्छ भन्ने सन्देश दिन भएको बताए ।

बेलायती राजकुमार हृयारीले आफू नेपालका सुन्दर तस्वीर किताब र टेलिभिजनमा हेरेर हुर्किएको स्मरण गर्दै धेरै मानिसहरुको कल्पनामा नेपालले विशेष स्थान राख्ने बताए ।

उनले नेपालमा सहयोग वा व्यवसाय गर्न चाहनेहरुका लागि नेपाल खुला रहेको देखाउन चाहेको भन्दै उनले भने, कृपया आउनुस् र भ्रमण गर्नुस् ।’



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.