होलीमा उपयोग गरिने रंग, अबिर आदिमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ,चाँदी जस्तो सेतो एल्मिुनियमर ब्रोमाइडले क्यान्सरको संभावना बढाउँछ
काठमाडौँ- अबीर, केसरीका साथै अरु विभिन्न रंग दलेर सुख, स्वास्थ्य, संमृद्धिको कामना गर्दै होलि मनाइन्छ । होलीका दहनको कथा बोकेको पर्व आधुनिक युगसम्म आइपुग्दा स्वास्थ्य दहनको उत्सव बन्दै गएकोप्रति आम मानिस सचेत देखिदैनन् । बनस्पति रंङ्गहरुको स्थान रसायनिक रंगहरुले लिई दिँदा स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको हो । रसायनिक तत्वबाट रंग बनाउनु र प्रतिवन्धित रसायन रंगमा मिलाउनुले होली जस्तो पवित्र पर्व स्वास्थ्य विनासको कारण बन्दै गएको प्रति विशेषज्ञहरु चिन्तित बनेका छन् ।
होलीमा उपयोग गरिने रंग, अबिर आदिमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ । त्यसैले विभिन्न रंग मुख, आँखा वा कानमा नपसोस् भनेर होसियार रहनुपर्छ । रंग को चयन गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने वरिष्ठ छाला रोग बिशेषज्ञ डा अनिलकुमार झा को सुझाब छ ।
नब्बे प्रतिशत घुलनशील रंग बनाउन स्वास्थ्यमा प्रतिकुल असर पार्ने डाइहरु प्रयोग गरिन्छ । सुख्खा रंग बनाउन सिसा, मरक्यिुरी, पेट्रोलियम प्रोडक्ट जस्ता स्वास्थ्यका लागि हानीकारक तत्व प्रयोग गरिन्छ । यसरी बनाइएका सुख्खा रंगमा एस्वेस्टस र सिलिका जस्ता तत्व पनि हुन्छ । यी तत्वले आँखा र छालाको संक्रमण गर्नुका साथै दम, खोकी जस्ता रोग जन्म दिन्छ । सस्तो सामाग्रीबाट रङ्ग बनाउन पेट्रोलियम उत्पान, डिजल इन्जिन तेल, सिसाको धुलो हाल्नाले छाला, रगत, मृगौलाको संक्रमण हुन्छ । त्यस्तै कलेजो, मस्तिष्क र आँखा जस्ता कोमल अंगहरु कमजोर बन्छन् । टाउको दुख्ने, रिंगटा लाग्ने, ज्वरो आउने जस्ता समस्या देखा पर्छ । घुलनशिल रंगमा प्रायः जेनशियन भायोलेट भन्ने विषाक्त तत्व मिलाइएको हुन्छ । यसले छाला चिलाउने एलर्जी हुने, फोकाफोकी आउने, छालाको रङ्ग खुइलिने, डर्माटाइटिस जस्ता समस्या निम्त्याउन सक्ने विशेषज्ञको भनाई छ । हरेक वर्ष होली लगत्तै छाला रोगकोसमस्या लिएर विशेषज्ञ कहाँ धाउनेको संख्या बढ्दै गएको छ ।
होलीमा कसैकसैले प्रयोग गर्ने चाँदी जस्तो सेतो एल्मिुनियमर ब्रोमाइडले क्यान्सरको संभावना बढाउँछ । रातो र मरक्युरी सल्फेटरले छालाको क्यान्सर देखि प्यारालाइसिस र अन्धोपनसम्म हुन् सक्छ ।
रंग खेल्दा सचेत भइयो भने होलीको रौनक पनि रहिरहन्छ, तपाईंको स्वास्थ्यमा समेत कुनै असर पर्दैन । रंग जथाभावी खेल्दा आँखाको दृष्टि गुम्न सक्छ, कानको जाली फुट्न सक्छ रङ, अबिर, लोलाले आँखालाई सबैभन्दा बढी नोक्सान पुर्यालउँछन् । लोलाका कारण आँखाको दृष्टि गुमेको, रङ वा अबिर आँखाभित्र गएर दृष्टि प्रभावित भएका घटना धेरै छन् । होली आमोद प्रमोदको पर्व हो । खुसीको यो उत्सवमा स्वास्थ्य उपयोगी रंगहरुको छनौट गर्न सबैमा अनुरोध छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...