-->
मधेशी र पहाडेको राजनितिले देश समृद्धी नहुने ः मन्त्री पासवान

उदयपुर /  विज्ञान प्रविधि तथा वातावरण मन्त्री विशेन्द्र पासवानले मधेशी र पहाडेको राजनितिले देश समृद्धि नहुने बताए । वर्षैदेखिको नेपाली जनताको चाहना बमोजिम संविधान सभाबाट संविधान बनेको मन्त्री पासवानले उदयपुरको गाईघाटमा सोमवार सो कुरा बताएका हुन । 


उनले एक मधेश एक प्रदेशको नाउमा जनतालाई दुख दिन नपाईने बताएको छ । उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित ५१ औं अन्तराष्ट्रिय जातिय तथा रंगभेद विरुद्धको कार्यक्रममा यस्तो बताएको हो । मन्त्री पासवानले मुलुकलाई समृद्धी बनाउन पहिला नेता इमान्दार हुनु पर्नेमा जोड दिदै बर्तमान संविधानले चार वटा कुराको ग्यारेण्टी गरेको स्पष्ट पारे । संविधानले गणतन्त्र, संघियता, समावेशीता र धर्म निरपेक्षता संस्थागत गरि सकेकोले यसलाई कसैले पनि उल्टाउन नसक्ने उनको भनाई थियो । मन्त्री पासवानले भारतका केही राजनितिक दलले नेपाल हिन्दु राष्ट्र हुनु पर्छ भनि कुरा उठाउने गरेको छ सबै भन्दा पहिला भारतमा हिन्दु राज्य घोषणा गरेर देखाउन चुनौति दिए । उनले भने न नेपाल हिन्दु राष्ट्र हुन्छ न भारत मै हिन्दु राष्ट्र हुन्छ । उनले नेपाल रहे सम्म यो संविधान रहने ठोकुवा गर्दै मधेशी केन्द्रित दलले गरेको आन्दोलन प्रति लक्षित गर्दै तराई छ महिना होईन छ वर्ष आन्दोलन गरेपनि केही नहुने टिप्पणी गरे । आन्दोलनरत मधेशी दललाई सुझाव दिर्दै भने जनताको माझमा गई दुई तिहाई ल्याएर संविधान संशोधन गर्न आग्रह गरे । मन्त्री पासवानले मधेशी दलको माग “मधेशवाद” हुने जुन कुनै शब्दकोशमा नभएको र नेपालमा मधेश प्रदेश कहि कतै नभएको बताए । उनले परापूर्वकालदेखि दलित, जनजाति, थारुको बसोबास तराई क्षेत्रमा रहेको तर कलान्तरमा आएर एक मधेश एक प्रदेशको नारा लगाउनु गलत भएको बताए । उनले तराईमा रहेका अल्पसंख्यक दलित, चमार, मुसहर, दुसाद लगायत जातजाति राज्यको पहुँचमा आउने डरले मधेशीदलले मधेशीको अधिकार खोसिएको हल्ला फिजाए मधेश आन्दोलन गरेको बताए । यस्तै शरिरमा एक थोपा रगत रहुन्जेल र हिमालको पानी नसुकुन्जेल स्वभिमान गिर्न नदिने बताए । उनले ठोकुवा सहित भने मधेशी दलले संविधान पढेको छैन् होइन भने संविधानको प्रस्तावना बाहेक सवै धाराहरु संशोधन गर्न सकिने प्राबधान हुँदा हुँदै आन्दोलन गर्नु जरुरी नरहेको बताए । संविधान संशोधन गर्ने भए दुई तिहाई पुर्याउन मधेशी दललाई चेतावनी दिइए । साथै उनले संविधानमा व्यवस्था भएबमोजिम कहिल्यै पनि एकलौटी सरकार बन्न नसक्ने व्यवस्था भएकोले दुई वा सो भन्दा बढी दल मिलाएर सरकार बनाउनु पर्ने बाध्यता आई परेको बताए । यस्तै देशमा कुनै पनि पार्टीको लडाकु आवश्यक नरहेकोले र अवको दिनमा लडाकु राख्नु भनेको आफुले आफैलाई सिध्याउनु बाहेक अरु केही नभएको मन्त्री पासवानले बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.